6 years ago
February 22, 2020
एजेन्सी – पोल्यान्डका फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोल मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा संघर्षपुर्ण जित निकालेको छ । बायर्नले रेलिगेसन जोनमा रहेको पाडेरवर्नमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो ।

बायर्नको जितमा रोवर्ट लेवान्डोस्कीले दुई तथा सर्जी जिनाब्रीले एक गोल गरे । पाडेरवर्नका डेनिस सवैनी र एस्भेन मिचेलले गोल गरे । खेलभर नै पाहुना टोलीलाई दवावमा राख्दै बायर्नले गोल गरेपनि आफ्नो रक्षापंक्ति बलियो बनाउन नसक्दा जितको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

एलियन्ज एरिनामा शुक्रबार राति भएको खेलको २५औं मिनेटमा सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । उनले कोरेन्टिन टोलिसोको पासमा गोल गरेका थिए । ४४औं मिनेटमा डेनिसले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिएको थियो ।
७०औं मिनेटमा सर्जी जिनाब्रीको पासमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई खेलमा पुनः २–१ को अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि नै पाडेरवर्नले बराबरी गोल फर्काउन सफल भयो । पाडेरवर्नका मिचेलले बराबरी गोल गोल फर्काए । बराबरीतर्फ धकेलिन लागेको खेल सकिन दुई मिनेट बाँकी रहँदा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बायर्नलाई ३–२ को संघर्षपुर्ण जितसँगै महत्वपुर्ण ३ अंक दिलाए ।
जितसँगै बायर्नले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । बायर्नको २३ खेलबाट ४९ अंक रहँदा एक खेल कम खेलेको आरबी लाइप्जिगको ४५ अंक छ । पराजित पाडेरवर्न १६ अंक जोडेर रेलिगेसन जोनको पुछारमा छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]