6 years ago
February 22, 2020
पोखरा (हाम्रो खेलकुद) – फागुन २२ देखि पोखरा रंगशालामा हुने मोफसलको बहुप्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १८औं संस्करणको पुरस्कार राशिमा बृद्धि गरिएको छ ।

आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराए । बृद्धि भएको राशि अनुसार यसपटक च्याम्पियन हुने टोलीले १० लाख १ हजार प्राप्त गर्नेछ । दोस्रोले ५ लाख १ हजार पाउने छन् । गतवर्ष विजेताले ८ लाख १ रुपैया तथा दोस्रो भएकोले ४ लाख १ हजार रुपैया हात पारेको थियो । जुन विजेताको लागि गतवर्ष भन्दा २ लाख तथा उपविजेताको लागि १ लाख बढी हो ।

पोखरा रंगहालामा फागुन २२ देखि चैत १ गतेसम्म हुने प्रतियोगितामा यसपटक १ विदेशीसहित १० टोलीको सहभागिता रहने पक्का भएको आयोजकले जनाएको छ । जसमा ‘ए’ डिभिजनका ७ सहित १० टोलीले प्रतिस्पर्धा गर्ने जानकारी गराए ।
पोखरा रंगशालामा हुने प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन रुस्लान थ्री स्टारसँगै, त्रिभुवन आर्मी क्लब, नेपाल आयल निगम मनाङ–मस्र्याङ्दी क्लब, ब्रिगेड ब्वाईज क्लब (बीबीसी), नेपाल पुलिस क्लब, एपीएफ क्लब र संकटा क्लब छन् । यस्तै झापा–११, भारतको गान्टोक सिटी फुटबल क्लब र आयोजक सहारा क्लब पोखरा गरी १० टोलीको सहभागिता रहेको छ ।
हिमश्री फुड्स प्रा.लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहेको प्रतियोगितामा बचत हुन आएको रकम क्लबबाट पोखरा १७ दोबिल्लामा संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् ।
दोश्रो पुरस्कार प्रायोजक हिमा–अस एजुकेशन कन्सेल्टेन्सी, वेष्ट अफ फाईभ प्रायोजक पृथ्वी राजमार्ग बस संञ्चालक कम्पनी प्रा.लि. सर्वोत्कृष्ट खेलाडी पुरस्कार अप्रिला स्कुटर, अफिसियल स्र्पोट्स वयर पार्टनर एक्सटेप, अफिसियल बैंक लुम्बिनी विकास बैंक, फेयर प्ले पुरस्कार प्रायोजक रोयल इन्फिल्ड बुलेट बाईक, सर्वाधिक गोलकर्ता पुरस्कार सनराइज ड्राईभिङ्ग स्कुल प्रालि र प्रदेश सांसद राजिव गुरुङबाट ५० हजार तथा समाजसेवी गणेश शर्माबाट ५० हजार १ सय ५१ रुपैयाँ सहयोग प्राप्त भएको छ ।
प्रतियोगिताको हरेक खेलको म्यान अफ दि म्याचले ५ हजार रुपैया हात पार्नेछ । यस्तै व्यक्तिगत विधाका उत्कृष्ट र प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछ । गत वर्ष देखि शुरु गरिएको ‘सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी’ सम्मानबाट एक खेलाडी जनही ३५ हजार रुपैयाबाट सम्मानित गरिने आयोजकले जनाएको छ ।
सहभागी टोली
१. रुस्लान थ्री स्टार क्लब
२. त्रिभुवन आर्मी क्लब
३. नेपाल आयल निगम मनाङ–मस्र्याङ्दी क्लब
४. ब्रिगेड व्बाईज क्लब
५. नेपाल पुलिस क्लब
६. नेपाल एपिएफ क्लब
७. संकटा क्लब
८. झापा ११ फुटबल क्लब
९. गान्टोक सिटी फुटबल क्लब भारत
१०. सहारा क्लब पोखरा
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]