default_image

6 years ago

February 22, 2020

एनआरटीलाई हराउँदै एपिएफ क्वाटरफाइनलमा

173 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) –विभागीय नेपाल एपिएफ क्लबले ‘ए’ डिभिजन लिगकै न्युरोड टिम (एनआरटी) लाई २-१ ले पराजित गर्दै  चौथो नेपाल आईस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा शनिबार भएको दोस्रो प्रि–क्वाटरफाइनलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै एपिएफले अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो । एपिएफको जितमा रमेश दंगाल र बिकु तामाङले गोल गरे । एनआरटीका दर्शन गुरुङले गरेको गोल नतिजा आफ्नो पक्षमा पार्न पर्याप्त रहेन ।

एनआरटीले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट घर फर्कन बाध्य बन्यो । ६०औं मिनेटमा रमेश दंगालले हेडमार्फत गोल गर्दै एपिएफलाई खेलमा फर्काएका थिए । सुदिप शिख्राकारको कर्नरमा रमेशले हेडरमार्फत गोल गर्न सफल भएका थिए । त्यसको ५ मिनेटपछि बिकु तामाङले गोल गरेपछि एपिएफले खेलमा २–१ को अग्रता बनाउन सफल भयो । टोपबहादुर विष्टको प्रहारलाई एनहारटीका गोलरक्षक अजित प्रजापतिले रोकेपनि रिवाउन्डमा अनमार्क रहेका बिकुले गोल गर्न सफल भएका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा एपिएफ विजयी हुदै क्वाटरफाइनलमा पुग्न सफल भयो । रमेश नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैया हात पारे । अब एपिएफले क्वाटरफाइनलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । यसअघि शुक्रबार बाग्मती युवा क्लब सिराहालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै भारतको कञ्चनजंघा फुटबल क्लब क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।

सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिता फागुन २० गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिता अन्तर्गत आइतबार नव जन जागृती क्लब सिमरा र मदन भण्डारी स्पोर्ट्स एकेडेमीबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार पुरस्कार प्रदान गरिने छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.