default_image

6 years ago

February 23, 2020

रियाल लेभान्टेसँग स्तब्ध, शीर्षस्थानको अवसर गुमायो

156 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा रियाल म्याड्रिड स्तब्ध बनेको छ । शनिबार राति भएको खेलमा रियाल घरेलु टोली लेभान्टेसँग १–० ले स्तब्ध बनेपछि स्पेनिस ला लिगाको शीर्षस्थानमा पुग्ने अवसर गुमाएको छ । 

 

हारसँगै रियालले शीर्षस्थानमा उक्लने अवसर गुमाउँदा शीर्षस्थानको बार्सिलोनासँग २ अंकले पछि परेको छ । रियालको २५ खेलबाट ५३ अंक रहेको छ । उति नै खेलबाट बार्सिलोनाको ५५ अंक रहेको छ । रियाललाई पराजित गरेको लेभान्टे ३२ अंक जोडेर १०औं स्थानमा छ ।

क्याटलान क्लब बार्सिलोानाले शनिबार राति नै कप्तान लियोनेल मेस्सीको ४ गोल सहयोगमा एइवारलाई ५–० ले पराजित गर्दै शीर्षस्थानमा पूनरागमन गरेको थियो ।  ला लिगामा रियालको यो दोस्रो हार हो । यसअघि रियाल ला लिगाको नवौं राउन्डमा मार्लाेकासँग १–० ले पराजित भएको थियो । त्यसयता, २४औं चरण सम्म अपराजित रहेको रियाल लेभान्टेसँग स्तब्ध बन्न पुगेको हो ।

घरेलु टोलीलाई लगातार दवावमा राखेपनि रियालले लेभान्टेको बलियो रक्षापङ्ति तोड्न सकेन । ११औं मिनेटमा इस्कोको पासमा करिम बेन्जिमाले वान भर्सेस वानमा गाल गर्न सकेनन् । १६औं मिनेटमा टोनी क्रुसको कनैरमा क्यासमिरोको हेडर बाहिरियो । ४०औं मिनेटमा इस्कोको पासमा अनमार्क लुका मोड्रिचको प्रहारलाई लेभान्टेका गोलरक्षक एटिटरले बचाए ।

दोस्रो हाफको शरुमै लेभान्टेले गोलको सुन्दर अवसर खेर फाल्यो । इनिस बार्दीको प्रहारलाई रियालका गोलरक्षक थिवाउट कोर्टुवाले बचाए । ५३औं मिनेटमा मार्सेलोको लामा थ्रु बलमा इडेन हजार्ड चुके । घरेलु टोलीलाई लगातार दवावमा राखेको रियालले ७९औं मिनेटमा गोल खान पुग्यो । जोस लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाए । त्यही गोल नै रियाललाई स्तब्ध पार्न पर्याप्त बन्यो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.