default_image

6 years ago

February 23, 2020

विमलको गोलमा मछिन्द्रलाई सताक्षी गोल्डकप

171 views

0 Bookmark

हिमाल खरेल , झिलझिले
कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन सानमिगल मछिन्द्र क्लबले सताक्षी गोल्ड कपको उपाधि जितेको छ । लिग जितेको ९ दिनमा मछिन्द्रले नकआउट प्रतियोगिताको उपाधि जितेको हो ।

 

ए डिभिजन प्रतिद्वन्द्वि रुस्लान थ्री स्टार क्लबलाई आइतबार १–० ले हराउँदै मछिन्द्रले उपाधि जितेको हो । तेस्रो मिनेटमा विमल घर्ती मगरले पेनाल्टी गरेको गोल नै खेलेको निर्णायक बनेको थियो । अशोक खवासले अडेलाजा सोमिडेलाई पेनाल्टी एसयिामा लडाएपछि मछिन्द्रले पेनाल्टीको अवस्था पाएको थियो ।

खेल भर दुवै टोलीले गोलका लागि केहि अवसर पाए पनि सफल हुन सकेनन् । नवौँ मिनेटमा विशाल राई ‘बी’ को प्रहार थ्री स्टारका गोलकिपर पूर्ण चेम्जोङले बचाए । २३ औँ मिनेटमा पेनाल्टी एरिया नजिकबाट थ्री स्टारका लालरामको प्रहार पोष्ट नजिकबाट बाहिरियो । ३९ औँ मिनेटमा अशोक पासमा लालरामको हेडर बाहियिो ।

४३ औँ मिनेटमा मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठ बिट भएको मौका लालरामले गरेको प्रहार रक्षक देवेन्द्र तामाङले गोल लाइन नजिकबाट क्लियर गर्दै बराबरी हुनबाट जोगाए । खेलको ४६ औँ मिनेटमा मछिन्द्रका रेजिन सुब्बाको पासमा विमलको प्रहार आकाशियो । ६१ औँ मिनेटमा थ्री स्टारका दिपेश घलेको क्रसबारको निकै माथिबाट बाहिरियो ।

६६ औँ मिनेटमा आन्द्रेसको हेडर रिबाउन्ड हुँदा विशाल राई ‘बी’ को प्रहार गोल थ्री स्टारका गोलपिकर पूर्णलेपञ्च गरेर बचाए । ७४ औँ मिनेटमा थ्री स्टारका मिक्छेन तामाङको फ्रिकिक प्रहार मच्छिन्द्रका खेलाडीको बारमा लागर फर्कियो । फाइनलको म्यान अफ दि म्याच चुनिाएका मच्छिन्द्रका देवेन्द्र तामाङ १० हजार रुपैयाँ पाए ।

लिगको उपविजेता त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्रले फाइनल यात्रा तय गरेको थियो । उता थ्री स्टार भने आयोजक टोलीलाई हराउँदै अन्तिम दुईमा पुगेको थियो । फागुन ३ गते सम्पन्न लिगमा मछिन्द्र च्याम्पियन बनेको थियो ।

लिग इतिहासमा मछिन्द्र च्याम्पियन बनेको त्यो पहिलो अवसर हो । लिगका दौरान पनि मछिन्द्रले थ्री स्टारलाई २–० ले हराएको थियो । सतासीधाम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताको विजेता मछिन्द्रले उपाधिसहित ६ लाख र थ्री स्टारले ३ लाख रुपैयाँ पाउनेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.