default_image

6 years ago

February 23, 2020

थ्री स्टारका कप्तान विक्रम सर्वोत्कृष्ट

176 views

0 Bookmark

हिमाल खरेल , झिलझिले

रुस्लान थ्री स्टार क्लबका कप्तान विक्रम लामा सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । विक्रमले ५० हजार रुपैयाँ प्राप्त गरे । आइतबार भएको फाइनलमा विक्रमको टोलीलाई १–० ले हराउँदै सान मिगेल मछिन्द्र क्लबले उपाधि जितेको थियो ।

फागुन ३ गते सम्पन्न कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेयता खेलेको पहिलो प्रतियोगितामा नै मछिन्द्र नकआउट च्याम्पियन बन्न सफल भएको हो । आइतबार विमल घर्तीमगरले तेस्रो मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णयक बनेपछि मछिन्द्रले उपाधि जितेको हो ।

अडेलाजा सोमिडेलाई पेनाल्टी एरियाभित्र थ्री स्टारका अशोक खवासले लडाएपछि मच्छिन्द्रले पेनाल्टी पाएको थियो । त्यसमा विमलले गोल गर्दै टोलीलाई अघि बढाए र अन्ततः त्यहि गोल निर्णाय बन्यो । २ गोल गरेका थ्री स्टारकै सञ्जोक राई उच्च गोलकर्ता बने । मछिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर तथा सोही क्लबका पिटर सेगुन उत्कृष्ट डिफेन्डर चुनिए । थ्री स्टारका रुपेश केसी उत्कृष्ट मिडफिल्ड, मछिन्द्रका रेजिन सुब्बा उत्कृष्ट फरवार्ड र प्रवेश कटुवाल उत्कृष्ट प्रशिक्षक चुनिए । विधागत उत्कृष्टले जनही २० हजार रुपैयाँ प्राप्त गरे ।

सञ्जोकले सर्वाधिक गोलकर्ता बन्दै २५ हजार रुपैयाँ प्राप्त गरे । उदयीमान खेलाडी चुनिएका आयोजक सतासीधाम स्पोर्टिङ क्लबका सञ्जीत राईले २० हजार रुपैयाँ प्राप्त गरे ।

अखिल नेपाल फुटबल क्लब (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, आयोजक क्लबका अध्यक्ष रमेश लावतीलगायतले विजेता टोली र उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरे । सताक्षी गोल्डकपको पहिलो संस्करण नेपाल पुलिस क्लब र दोस्रो संस्करण त्रिभुवन आर्मी क्लबले जितेको थियो ।

एन्फा अध्यक्ष शेर्पाले सताक्षी गोल्डकपको मुख्य प्रायोजक आफूले व्यवस्थापन गरिदिने प्रतिबद्धता व्यक्त गरे । उनले शिवसताक्षी नगरपालिका र एन्फाले सताक्षी गोल्डकपलाई अझ भव्य र व्यवस्थित बनाउनेमा वचन दिए । एन्फा उपाध्यक्ष नेम्वाङले मोफसलका गोल्डकपलाई एन्फाले आगामी दिनमा अझै परिस्कृत गर्दै लैजाने बताए ।

सताक्षी गोल्डकपमा

सर्वोत्कृष्ट खेलाडी – विक्रम लामा (थ्री स्टार), ५० हजार रुपैयाँ

उच्च गोलकर्ता – सञ्जो राई (थ्री स्टार,२ गोल), २५ हजार

उत्कृष्ट

गोलरक्षक – विशाल श्रेष्ठ (मछिन्द्र)

डिफेन्डर– पिटर सेगुन (मछिन्द्र)

मिडफिल्डर – रुपेश केसी (थ्री स्टार)

फरवार्ड – रेजिन सुब्बा (मछिन्द्र)

प्रशिक्षक – प्रवेश कटुवाल

उदयीमान खेलाडी – सञ्जीत राई

विधागत उत्कृष्ट र उदयीमानले समान २० हजार रुपैयाँ प्राप्त गरे ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.