default_image

4 years ago

February 26, 2020

घरमै चेल्सी बायर्नसँग निरिह

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सीले जर्मन क्लब बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोरेको छ । चेल्सी घरमै बायर्न म्युनिखसँग ३–० ले स्तब्ध बनेको हो । बायर्नको जितमा सर्जी जिनाव्रीले दुई तथा रोवर्टाे लेवान्डोस्कीले गोल गरे । चोटिलो घरेलु टोलीले पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा बायर्नको अग्रपङ्तिलाई रोक्न […]

49 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सीले जर्मन क्लब बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोरेको छ । चेल्सी घरमै बायर्न म्युनिखसँग ३–० ले स्तब्ध बनेको हो ।

बायर्नको जितमा सर्जी जिनाव्रीले दुई तथा रोवर्टाे लेवान्डोस्कीले गोल गरे । चोटिलो घरेलु टोलीले पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा बायर्नको अग्रपङ्तिलाई रोक्न सकेन । बायर्नले घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राख्न सफल भएको थियो ।

पहिलो मिनेटमा नै थोमस मुलरको प्रहारलाई चेल्सीका गोलरक्षक वेल्फ्रेडो कावालेरोले मुस्किलले बचाए । सातौ मिनेटमा मासन माउन्टको प्रहार क्रस बारमा लागेर बाहिरिँदा चेल्सी अग्रता लिनबाट चुक्यो । ११औं मिनेटमा बायर्नका किङ्सले कोमानको प्रहार बाहिरियो ।

२८औं मिनेटमा चेल्सीका गोलरक्षक कावालेरोले मुलरको प्रहारलाई मुस्किलले विफल पारे । ३५औं मिनेटमा रोवर्ट लेवान्डोस्कीको प्रहार क्रसबारमा लाग्दै बाहिरिँदा बायर्न अग्रता लिनबाट पुनः चुक्यो ।

४८औं मिनेटमा मासन माउन्टको प्रहारलाई अल्फोन्सोले ब्लक गरिदिए । लगातार अवसर गुमाइरहेको बायर्नले ५१औं मिनेटमा गोल गर्न सफल भयो । सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए । उनले रोवर्ट लेवान्डोस्कीको पासमा गोल गर्न सफल भएका थिए । त्यसको तीन मिनेट पछि नै लेवान्डोस्कीको पासमै सर्जी जिनाव्रीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्न सहज जिततर्फ अग्रसर बनेको थियो ।

७६औं मिनेटमा अघिल्लो दुई गोलमा असिस्ट दिएका रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नको जित पक्का गरे । उनले अल्फोन्सोे डेभिसको पासमा गोल गर्न सफल भएका थिए । ३ गोल खाइसकेको चेल्सीले ८३औं मिनेटमा अर्काे झट्का बेहोर्यो । रोवर्टाे लेवान्डोस्कीमाथि खराव ट्याकल गरेपछि मार्काेस अलन्सो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा समेटियो । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी घरमा ३–० ले निरिह बन्न पुग्यो ।

महत्त्वपुर्ण अवे जितसँगै बायर्नले च्याम्पियन्स लिगको क्वाटरफाइन्ल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेगमा बराबरी या २–० को हारले पनि बायर्न क्वाटरफाइनलमा प्रवेश गर्नेछ । चेल्सीलाई क्वाटरफाइनलमा प्रवेश गर्न कम्तीमा पनि ४–० को जित आवश्यक छ । दोस्रो लेग बायर्नको मैदानमा १९ मार्चमा हुनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.