default_image

4 years ago

February 29, 2020

लेस्टर रेलिगेसन जोनको नर्विचसँग स्तब्ध

एजेन्सी – लेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा रेलिगेसन जोनमा रहेको नर्विच सिटीसँग स्तब्ध बनेको छ । लेस्टर घरेलु टोलीसँग १–० ले स्तब्ध बनेको हो । क्यारो रोड नोरफल्क नर्विचमा शुक्रबार राति भएको खेलमा लेस्टरलाई स्तब्ध बनाउन जमल लेविसले खेल सकिन २० मिनेट बाँकी रहँदा गरेको गोल नै निर्णायक बन्यो । लेस्टरले पछिल्ला ५ खेलमा जित […]

27 views

0 Bookmark

एजेन्सी – लेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा रेलिगेसन जोनमा रहेको नर्विच सिटीसँग स्तब्ध बनेको छ । लेस्टर घरेलु टोलीसँग १–० ले स्तब्ध बनेको हो ।

क्यारो रोड नोरफल्क नर्विचमा शुक्रबार राति भएको खेलमा लेस्टरलाई स्तब्ध बनाउन जमल लेविसले खेल सकिन २० मिनेट बाँकी रहँदा गरेको गोल नै निर्णायक बन्यो । लेस्टरले पछिल्ला ५ खेलमा जित निकाल्न सकेको छैन । हारसँगै लेस्टरले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंक दुरी छोट्याउने मौका गुमाएको छ । यस्तै लेस्टरले प्रिमियर लिगमा शीर्ष चारमा पर्ने सम्भावना बलियो बनाउने मौका गुमाएको छ । लेस्टरको २७ खेलबाट ५० अंक छ । एक खेल कम खेलेको चेल्सीको ४४ अंक छ । लेस्टरलाई हराएको नर्विच २१ अंक जोडेर पुछारमा यथावत छ ।

घरेलु टोलीलाई दवावमा राखेपनि लेस्टरले नर्विचको बलियो रक्षापङ्ति तोड्न सकेन । खेलको आठौं मिनेटमा जमल लेविसको फ्रि हेडर सदुपयोग भएन । २०औं मिनेटमा डेनिस प्राएटको हाफ भली प्रहार नर्विचका गोलरक्षक टिक क्रुलले नियन्त्रणमा लिए । २६औं मिनेटमा हारभे वार्नेसको पासमा रिकार्डाे पेरेराको प्रहार क्रसबारमा लागेर फर्कदा लेस्टर अग्रता लिनबाट चुक्यो । त्यसपछि पनि लेस्टरले तीन सुन्दर मौको खेर फालेको थियो ।

दोस्रो हाफको शुरुमै लेस्टरका केलिची इहानाचोले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । उनले गोल गर्नुअघि भिएआरमा ह्यान्ड देखिएको थियो । नर्विचलाई लगातार दवावमा राखेको लेस्टरले ७०औं मिनेटमा गोल खान पुग्यो । म्याक्स आरोन्सको क्रसमा जमल लेविसले गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा लेस्टर घरेलु टोलीसँग १–० ले स्तब्ध बन्न पुग्यो ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.