default_image

4 years ago

February 29, 2020

काभ्रे गोल्डकप अर्को महिना

काभ्रेपलाञ्चोक (हाम्रो खेलकुद)- दोस्रो संस्करणको काभ्रे गोल्डकप  चैतमा आयोजना हुने भएको छ । आयोजक काभ्रे जिल्ला फुटबल संघले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको दोस्रो चैत १३ देखि २३ गते सम्म हुने जानकारी गराएको हो । आयोजकले दोस्रो संस्करणको काभ्रे गोल्डकपको तयारी शुरु भइसकेको जनाएको छ । प्रतियोगितामा ‘ए’ डिभिजनका टोलीसहित १० टोलीको सहभागिता रहने […]

20 views

0 Bookmark

काभ्रेपलाञ्चोक (हाम्रो खेलकुद)- दोस्रो संस्करणको काभ्रे गोल्डकप  चैतमा आयोजना हुने भएको छ । आयोजक काभ्रे जिल्ला फुटबल संघले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको दोस्रो चैत १३ देखि २३ गते सम्म हुने जानकारी गराएको हो ।

आयोजकले दोस्रो संस्करणको काभ्रे गोल्डकपको तयारी शुरु भइसकेको जनाएको छ । प्रतियोगितामा ‘ए’ डिभिजनका टोलीसहित १० टोलीको सहभागिता रहने काभ्रे गोल्डकपका मुख्य संयोजक अमित खोजु श्रेष्ठले जानकारी गराए ।

प्रतियोगिताको लागि धुलिखेल, बनेपा, पनौती, पाँचखाल, मण्डनदेउपुर, नमोबुद्ध नगरपालिकासँगै रोशी, भुम्लु, तेमाल, बेथानचोक, महाभारत, खानिखोला, चौरीदेउराली गाँउपालिकाले सहयोग गरेका छन् ।

जिल्लाकै सर्वाधिक धन राशिको प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैया हात पार्नेछन् । प्रतियोगिताको अनुमानित लागत ५० लाख रुपैया रहेको छ । खेलहरु धुलिखेल रंगशालामा हुनेछ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य एवं राष्ट्रिय रेफ्रि संयोजक रविन्द्रनाथ श्रेष्ठ, काभ्रे जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष एवं प्रथम काभ्रे गोल्ड कपका मुख्य संयोजक निरोज श्रेष्ठ, सचिव जयोज नर्सिङ्ग श्रेष्ठ, कोषाध्यक्ष प्रभात श्रेष्ठ, फिफा रेफ्री माधव केसी, सल्लाहकार कञ्चन नापित लगायतको उपस्थित थियो ।

 

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.