default_image

4 years ago

March 2, 2020

सेभियाको संघषपुर्ण जित

एजेन्सी – स्पेनिस ला लिगामा सेभियाले संघर्षपुर्ण जित निकालेको छ । घरेलु मैदानमा सेभियाले १० खेलाडीमा समेटिएको ओसासुनालाई ३–२ ले पराजित गरेको हो ।  घरेलु मैदानमा आइतबार राति भएको खेलमा सेभियाको जितमा युसेफ इन न्यास्रीले दुई तथा लुकास ओकम्पासले गोल गरे । ओसासुनाका एरिडेन हर्नान्डेज र रोवर्टाे टोरेसले गोल गरे । १३औं मिनेटमा ओलिभर टोरेसको […]

24 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा सेभियाले संघर्षपुर्ण जित निकालेको छ । घरेलु मैदानमा सेभियाले १० खेलाडीमा समेटिएको ओसासुनालाई ३–२ ले पराजित गरेको हो । 

घरेलु मैदानमा आइतबार राति भएको खेलमा सेभियाको जितमा युसेफ इन न्यास्रीले दुई तथा लुकास ओकम्पासले गोल गरे । ओसासुनाका एरिडेन हर्नान्डेज र रोवर्टाे टोरेसले गोल गरे ।

१३औं मिनेटमा ओलिभर टोरेसको पासमा युसेफले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा ओलिभर टोरेसकै पासमा लुकास ओकम्पासले गोल गर्दै सेभियाको अग्रता दोब्बर पारे ।

५४औं मिनेटमा पाहुना टोली १० खेलाडीमा समेटियो । सर्जियो हेरेराले अनावश्यक ह्यान्ड गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएपछि ओसासुना १० खेलाडीमा समेटियो । १० खेलाडीमा समेटिएपनि ओसासुनाले लगातार दुई गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

६४औं मिनेटमा रोवर्टाे टोरेसको पासमा एरिडेनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ७४औं मिनेटमा रोवर्टाे टोरेसले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । सेभियाका सर्जियो इस्कुडेरोले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि ओसाुसुनाले पेनाल्टीको मौका पाएको थियाृे । जसलाई टोरेसले सदुपयोग गरे ।

बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा युसेफ इन न्यास्रीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सेभियालाई ३–२ को सघंर्षपुर्ण जित दिलाए ।

जितसँगै सेभिया २६ खेलबाट ४६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । सेभियाले गेटाफेलाई १ अंकले पछि पारेको हो । ओसासुना ३१ अंक जोडेर १२औं स्थानमा छ ।

अन्य नतिजा

ग्रानडाविरुद्ध सेल्टा डि भिगो (०–०)

एथ्लेटिको बिल्वाओविरुद्ध भिल्ला रियल (–०)

इस्पान्योलविरुद्ध एट्लेटिको मड्रिड (१–१)

मलोर्काविरुद्ध गेटाफे (०–)

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.