default_image

4 years ago

March 3, 2020

आर्सनल एफए कपको क्वमटरफाइनलमा

35 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग क्लब आर्सनल एफए कपको क्वाटरफाइन्लमा प्रवेश गर्न सफल भएको छ । सोमबार राति भएको खेलमा आर्सनलले लिग वान क्लब पोस्र्टसमाउथलाई २–० ले पराजित गर्दै अन्तिमा आठमा पुग्न सफल भएको हो । 

फ्राटन पार्कमा सोमबार राति भएको खेलमा आर्सनलको जितमा सोक्राटिस पापस्थाथोपोउलस र इडवार्ड एनकेइटाले गोल गरे । घरेलु टोलीलाई खेल भर नै दवावमा राखेको आर्सनलले गोलको लागि पहिलो हाफको इन्ज्युरी समय नै कुर्नुपरेको थियो । आठौं मिनेटमा इलिस ह्यारीसनले गोलको अवसर खेर फाले ।

२४औं मिनेटमा बुकायो साकाको प्रहारलाई पोस्र्टसमाउथका गोलरक्षक एलेक्स वासले बचाए । ३०औं मिनेटमा रेइस नेल्सनको प्रहार बाहिरिदा आसर्नल अग्रता लिनबाट चुक्यो । ४५औं मिनेटमा सोक्राटिसले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।  ५१औं मिनेटमा इडवार्डले गोल गर्दै आर्सनलको जित पक्का गरे । त्यसपछि पनि आर्सनलले केही अवसर खेर फाल्दा थप गोलअन्तरमा जित सफल भएन ।


एफए कपको प्रि–क्वाटरफाइनलमा आज राति ३ खेल हुदैछ । प्रिमियर लिग क्लब चेल्सी र लिभरपुलबीचको खेल नेपाली समय अनुसार १ः३० बजे प्रतिस्पर्धा हुदैछ । रिडिङ र सेफिल्ड युनाइटेड तथा वेस्ट ब्रोम तथा न्यु क्यासलबीच प्रतिस्पर्धा हुनेछ । खेलहरु नेपाली समयअनुसार राति १ः४५ बजे प्रतिस्पर्धा हुदैछ ।

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

Success

Thank you for your time.