default_image

4 years ago

March 4, 2020

बायर्न जर्मन कपको सेमिफाइनलमा

19 views

0 Bookmark

एजेन्सी – बायर्न म्युनिखले जर्मन कपको सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार राति जर्मन बुन्डेस लिगा प्रतिद्धन्द्धी साल्केलाई १–० ले पराजित गर्दै बायर्नले अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो ।

बायर्नको जितमा एकमात्र निर्णायक गोल जोसुवा किम्मिचले गोल गरे । उनले खेलको ४०औं मिनेटमा गोल गरेका थिए । खेलको छैटौं मिनेटमा एलेसान्द्रो स्कुफको प्रहार बाहिरिदा घरेलु टोली साल्केले अग्रता लिने अवसर खेर फालेको थियो ।

१२औं मिनेटमा जोनजोइ केन्नीको प्रहार क्रसबारमा लागेर बाहिरिदा साल्केले पुनः खेलमा अग्रता लिनबाट चुक्यो । १६औं मिनेटमा लियोन गोरेट्काले अवसर खेर फाल्दा बायर्न अग्रता लिनबाट चुक्यो ।

२०औं मिनेटमा साल्केका कप्तान बर्गटलरले गोल गरेपनि भिएआरको सहायतामा उनी अफसाइड ठहरिए । ४०औं मिनेटमा बायर्नले खेलमा अग्रता लिन सफल भयो । कर्नरबाट आएको बललाई किम्मिचको भली सट गोलमा परिणत भएको थियो । ४४औं मिनेटमा लियोन गोरेट्काले अवसर खेर फाल्दा बायर्न अग्रता दोब्बर बनाउनबाट चुक्यो ।

खेलभर नै बल पोजेसन राखेको बायर्नले थप गोल भने गर्न सकेन । पहिलो हाफको गोल नै बायर्नलाई सेमिफाइनल पुग्न पर्याप्त बन्यो ।
साल्केले पछिल्ला चार खेलमा गोल गर्न सकेको छैन ।

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

Success

Thank you for your time.