default_image

4 years ago

March 11, 2020

डर्टमन्डविरुद्ध दबाबमा पीएसजी

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति दुई खेल हुँदैछ । फ्रेन्च क्लब पीएसजीले घरेलु मैदानमा जर्मन क्लब बोरुसिया डर्टमन्डको आतिथ्यता गर्दा अर्काे खेलमा साविक विजेता इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको मड्रिडको सामना गर्दैछ । दुवै खेल नेपाली समय अनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदान पार्क डि प्रिन्सेस रंगशालामा […]

36 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति दुई खेल हुँदैछ । फ्रेन्च क्लब पीएसजीले घरेलु मैदानमा जर्मन क्लब बोरुसिया डर्टमन्डको आतिथ्यता गर्दा अर्काे खेलमा साविक विजेता इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको मड्रिडको सामना गर्दैछ । दुवै खेल नेपाली समय अनुसार राति १ः४५ बजे हुनेछ ।

घरेलु मैदान पार्क डि प्रिन्सेस रंगशालामा डर्टमण्डविरुद्ध उत्रदा पीएसजी दबाबमा हुनेछ । पहिलो लेगमा २–१ ले पछि परेको पीएसजीलाई जितको विकल्प छैन । कम्तीमा पनि पीएसजीलाई १–० को जित आवश्यक छ । १–० को जित निकालेको अवस्थामा पीएसजी अवे गोलमा अघि बढ्न सक्नेछ । बराबरी या हारले पीएसजीको यात्रा प्रि–क्वाटरफाइनलबाटै सकिनेछ ।

पीएसजीलाई घरेलु मैदानमा जितको विकल्प छैन । घरेलु मैदानमा समर्थकबिना खेल्नु पर्दा पीएसजीलाई थप समस्या हुन सक्नेछ । पीएसजीका लागि केलियन एमबाप्पे र ब्राजिली नेयमार नै टोलीको लागि मुख्य हतियार बन्नेछन् । उनीहरुलाई एडिन्सन काभानी, एन्जल डि मारिया, मार्कुन्योस र थियागो सिल्भाले साथ दिनेछ । केलर नाभासले पीएसजीको पोस्ट सम्हाल्नेछन् ।

(कोभिड–१९)कोरोना भाइरसको त्रासका कारण विश्वभरका खेलकुद गतिविधि ठप्प हुदा केही खेलहरु भने बन्द रंगशालामा भइरहेको छ ।
यता, जर्मन टोली डर्टमण्ड पीएसजीलाई घरेलु मैदानमा पराजित गर्दै क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ । डर्टमन्डका लागि अघिल्लो चरण पुग्न बराबरी नै पर्याप्त रहनेछ ।

युवा फरवार्ड अर्लिङ ब्राउट हालाण्ड र जाडोन सान्चोको उत्कृष्ट लय डर्टमण्डको जितको आधार बन्न सक्नेछ । हालान्डले यो सिजन च्याम्पियन्स लिगमा १० गोल गरिसकेका छन् । हालान्ड नै पीएसजीविरुद्ध मुख्य हतियार हुनेछन् ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.