default_image

4 years ago

March 16, 2020

खुमलटारको जितमा सविनको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – साविन केसीको ह्याट्रिक सहयोगमा खुमलटार युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सहज जित निकालेको छ । सोमबार भएको खेलमा खुमलटारले श्री कुमारी क्लबमाथि ३–१ को सहज जित निकालेको हो । खुमलटारका सविन केसीले ह्याट्रिक पुरा गर्दा श्री कुमारीका मिसन लामाले सान्त्वना गोल गरे । सबै चार गोल पहिलो हाफमा सम्भव […]

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साविन केसीको ह्याट्रिक सहयोगमा खुमलटार युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सहज जित निकालेको छ । सोमबार भएको खेलमा खुमलटारले श्री कुमारी क्लबमाथि ३–१ को सहज जित निकालेको हो ।

खुमलटारका सविन केसीले ह्याट्रिक पुरा गर्दा श्री कुमारीका मिसन लामाले सान्त्वना गोल गरे । सबै चार गोल पहिलो हाफमा सम्भव भएको थियो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको नवौं मिनेटमा सविन केसीको गोलबाट खुमलटार खेलमा अघि बढेको थियो । १२औं मिनेटमा श्री कुमारीका मिसन लामाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । १५औं मिनेटमा सुविनले गोल गर्दै खुमलटारलाई पुनः २–१ को अग्रता दिलाए ।

४२औं मिनेटमा सविनले ह्याट्रिक पुरा गर्दा खुमलटारले पहिलो हाफमा ३–१ को अग्रता लिन सफल भएको थियो ।
दोस्रो हाफमा दुवै तर्फबाट गोल निस्कन नसक्दा खुमलटार ३–१ ले विजयी हुन सफल भयो ।

जितसँगै खुमलटार दोस्रो स्थानमा उक्लिएको छ । खुमलटारको ५ खेलबाट १३ अंक पुगेको छ । शीर्षस्थानको सातदोबाटो युथ क्लबको समान ५ खेलबाटै १५ अंक छ । पराजित श्री कुमारी ५ खेलबाट ३ अंक जोडेर १०औं स्थानमा छ ।

May 5, 2024

लिभरपुलद्वारा टोटेनहम पराजित 

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।   खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा लिभरपुलका लागि […]

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

Success

Thank you for your time.