default_image

4 years ago

March 22, 2020

डिबालालाई पनि कोरोना संक्रमण

एजेन्सी – इटालियन क्लब युभेन्टसका फरवार्ड पाउलो डिबालालाई पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ । शनिबार सामाजिक संजालमा डिबालाले आफूसँगै प्रेमिका ओरियाना सबातिनीलाई पनि संक्रमण भएको जानकारी दिएका हुन् । डिबाला कोरोना संक्रमण भएका युभेन्टसका तेस्रा खेलाडी हुन् । यसअघि ड्यानीएल रुगानी र ब्लेस माटुइडीमा पनि कोरोना संक्रमण रहेको थियो । हाल […]

37 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब युभेन्टसका फरवार्ड पाउलो डिबालालाई पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ । शनिबार सामाजिक संजालमा डिबालाले आफूसँगै प्रेमिका ओरियाना सबातिनीलाई पनि संक्रमण भएको जानकारी दिएका हुन् ।

डिबाला कोरोना संक्रमण भएका युभेन्टसका तेस्रा खेलाडी हुन् । यसअघि ड्यानीएल रुगानी र ब्लेस माटुइडीमा पनि कोरोना संक्रमण रहेको थियो । हाल डिबाला र ओरियाना दुवैमा कुनै स्वास्थ्य समस्या नआएको र दुवै क्वारेनटाइनमा रहेको डिबालाले जानकारी दिएका छन् ।

विश्वमै महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसले इटालीमा सबैभन्दा धेरै असर गरेको छ । उत्तरी भेगबाट सुरु भएको भाइरस हाल देशव्यापी हुँदै हजारौंको संख्यामा ज्यान लिइसकेको छ । इटालियन एफएले पनि कम्तिमा अप्रिल पहिलो सातासम्म लिग स्थगित गरिसकेको छ । यद्यपि वर्तमान परिस्थिति हेर्दा उक्त समय अझै लम्बिने बलियो सम्भावना रहेको छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.