default_image

4 years ago

March 23, 2020

‘छोराको गल्ति नै हो भने जेल जान तयार ’

एजेन्सी – क्वारेन्टाइनको नियम उल्लङ्घन भएको हो भने आफ्नो छोरा लुका जोभिचले सजाय स्वीकार गर्नुपर्ने पिता मिलानले बताएका छन् । रियल म्याड्रिडका स्ट्राइकर लुका प्रेमिकाको जन्म दिन मनाउनका लागि स्पेनबाट सर्बिया पुगेका थिए । तर, क्लबको १४ दिनको क्वारेन्टाइन बस्ने पर्ने नियमलाई उनले उल्लङ्घन गरेको बताइएको छ । ‘लुकाले दुई पटक कोराना भाइरसको परिक्षण गराएको […]

29 views

0 Bookmark

एजेन्सी – क्वारेन्टाइनको नियम उल्लङ्घन भएको हो भने आफ्नो छोरा लुका जोभिचले सजाय स्वीकार गर्नुपर्ने पिता मिलानले बताएका छन् । रियल म्याड्रिडका स्ट्राइकर लुका प्रेमिकाको जन्म दिन मनाउनका लागि स्पेनबाट सर्बिया पुगेका थिए । तर, क्लबको १४ दिनको क्वारेन्टाइन बस्ने पर्ने नियमलाई उनले उल्लङ्घन गरेको बताइएको छ ।

‘लुकाले दुई पटक कोराना भाइरसको परिक्षण गराएको छ । दुवै पटक नेगेटिभ आयो’,  बुबा मिलन जोभिचले भने, ‘त्यसै कारण उसले सोच्यो उ सर्बिया आउन सक्छ । तर, अहिले भने उनी ठूलै अपराध गरे जस्तो भएको छ । यसका लागि यदि उनी जेल जानुपर्छ भने जान्छन् ।’

जोभिचका पिताले सर्बियाका राष्ट्रपति र प्रधानमन्त्रीको अव्हानलाई पूर्ण रुपमा स्वीकार गर्ने उल्लेख गरेका छन् । उनले थपे, ‘यदि उनले गल्ति गरेको प्रमाणित हुन्छ भने उनले सजाय भोग्नु पर्छ ।’

लुका सर्बिया बेलग्रेडमा घर गएर बसेका थिए । ‘यदि उनले गल्ति गरेको प्रमाणित हुन्छ भने त्सपछिको निर्णयको म समर्थन गर्नेछु’, पिताले भने, ‘उनीकी प्रेमिका गर्भवती छिन् । जन्मदिन मनाउनका लागि उनी घर बाहिर जाने अवस्था छैन ।’

यसअघि रियल म्याड्रिडका फरवार्ड लुका जोभिचले सर्बियामा क्वारेनटाइन तोडेपछि सरकारका प्रधानमन्त्री आना ब्रानाबीच र राष्ट्रपति एलेक्जेन्डर भुचिचले गिरफ्तार गर्नेसम्मको चेतावनी दिएका थिए । कोरोना भाइरस संक्रमणका कारण युरोपेली फुटबल ठप्प भएपछि जोभिच आफ्नो देश सर्बिया फर्केका थिए ।

तर रियल म्याड्रिडले त्यसअघि नै आफ्ना सम्पूर्ण खेलाडी, अफिसियल तथा कर्मचारीलाई आ-आफ्नो बासस्थानमा क्वारेनटाइनमा बस्न आव्हान गरेको थियो । रियल म्याड्रिडको बास्केटबल टोलीका खेलाडीमा संक्रमण देखिएको र फुटबल टोलीले पनि एकै स्थानमा प्रशिक्षण गर्ने कारण विशेष सावधानी अपनाउन भनिएको थियो ।

यो पनि पढ्नुहोस : क्वारेनटाइन तोडेपछि जोभिचलाई गिरफ्तार गर्ने चेतावनी

April 30, 2024

भिसा नभएका कारण राष्ट्रिय फुटबल टोली बेलायत उड्न पाएन!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली भिसा नभएका कारण बेलायत भ्रमणका लागि उड्न पाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण मंगलबार विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ […]

April 30, 2024

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

एजेन्सी –  बार्सिलोनाले स्पेनिस ला लिगामा सोमबार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाले  भलेन्सियालाई ४-२ ले पराजित गरेको हो। बार्सिलोनाको लागि अर्को गोल फेर्मिन लोपेजले गरेका हुन् । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले गोल गरेका थिए। २२ औं मिनेटमा लोपेजको गोलबाट बार्सिलोना अघि लागेको हो। डुरोले २७ औं मिनेटमा बराबरी गोल गरे। […]

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

Success

Thank you for your time.