default_image

4 years ago

March 23, 2020

रियल म्याड्रिडका एसेन्सियोलाई ‘ला लिगा च्यालेन्ज’ उपाधि

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका मिडफिल्डर मार्को एसेन्सियोले ला लिगा फिफा २० च्यालेन्ज प्रतियोगिताको उपाधि जितेका छन् । ला लिगा क्लबबाट १-१ प्रतिनिधि सम्मिलित यस भर्चुअल गेम, फिफा २० प्रतियोगिता स्पेनका इबाई लानोसले आयोजना गरेका थिए । एसेन्सियोले फाइनलमा लेगानेसका आइटर रुइबाललाई ४-२ ले पराजित गर्दै उपाधि जितेका हुन् । विश्वभर फैलिरहेको कोरोनाले गर्दा […]

47 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका मिडफिल्डर मार्को एसेन्सियोले ला लिगा फिफा २० च्यालेन्ज प्रतियोगिताको उपाधि जितेका छन् । ला लिगा क्लबबाट १-१ प्रतिनिधि सम्मिलित यस भर्चुअल गेम, फिफा २० प्रतियोगिता स्पेनका इबाई लानोसले आयोजना गरेका थिए ।

एसेन्सियोले फाइनलमा लेगानेसका आइटर रुइबाललाई ४-२ ले पराजित गर्दै उपाधि जितेका हुन् । विश्वभर फैलिरहेको कोरोनाले गर्दा खेलकुद गतिविधि ठप्प भएपछि दर्शकलाई मनोरंजनका साथसाथै जनचेतना जगाउन प्रतियोगिताको आयोजना गरिएको थियो । यसक्रममा युनिसेफका लागि १ लाख ४० हजार युरो समेत उठिसकेको छ । दर्शकहरुले आजसम्म यसमा योगदान गर्न सक्नेछन् ।

एसेन्सियो हाल चोटका कारण मैदानबाहिर रहेका छन् । उनले भर्चुअल गेममा भने रियललाई उपाधि दिलाउन सफल रहे । एसेन्सियोले प्रतियोगितामा सहभागी सबैलाई धन्यवाद दिँदै दर्शकहरुमा आभार व्यक्त गरे । ‘ प्रतियोगिता निकै राम्रो रहयो । हाम्रो लक्ष्य सबैलाई मनोरंजन दिँदै जनचेतना जगाउने र सहयोग गर्ने थियो । त्यसमा हामी सफल भएका छौं,’ २४ वर्षीय मिडफिल्डरले भने ।

प्रतियोगितामा बार्सिलोनाले भने सहभागिता जनाएन । बार्सिलोना कोनामीले निर्माण गर्ने प्रो इभोलुसन सकर (पीईएस) को अधिकारिक क्लब भएकाले यस प्रतियोगिता खेल्न मानेन । बार्सिलोनाबाट सर्जी रोबर्टोले खेल्ने तय रहेपनि अन्तिम समयमा प्रायोजकको कारण देखाउँदै क्लबले भाग लिन मानेन । ईए स्पोर्ट्सको फिफा र कोनामीको पीईएस बजारी प्रतिद्वन्द्वी हुन् ।

अन्तिम १६:

ओसासुना (रुबेन गार्सिया) ०-२ लेगानेस (आइटर रुइबाल)

सेभिल्ला (सर्जियो रेगुलिओन) १-२ एथलेटिक क्लब (गोरका गुरुजेता)

लेभान्ते (कार्लोस क्लेर्क) २-३ अलाभेस (लुकास पेरेज)

रियल सोसीडाड (अदनान जानुजाज) ३-५ एटलेटिको म्याड्रिड (मार्कस लोरेन्टे)

गेटाफे (जेसन रेमेसिरो) १-७ रियल बेटिस (बोर्जा इग्लेसेस)

भिल्लारियल (मानु मोर्लानेस) ४-२ भ्यालेन्सिया (कार्लोस सोलेर)

ग्रानाडा (जोसे मार्टिनेज) ०-२ रियल म्याड्रिड (मार्को एसेन्सियो)

बार्सिलोना (सर्जी रोबर्टो) – एइबार (एडुएक्स्पोजितो) (बार्सिलोनाको वाकोभर)

क्वाटरफाइनल :

लेगानेस ७-३ एथलेटिक क्लब

अलाभेस २-१ एटलेटिको म्याड्रिड

एइबार ३-२ रियल बेटिस

भिल्लारियल १-५ रियल म्याड्रिड

सेमिफाइनल :

लेगानेस ३-२ अलाभेस

एइबार ०-७ रियल म्याड्रिड

फाइनल :

लेगानेस २-४ रियल म्याड्रिड

April 30, 2024

भिसा नभएका कारण राष्ट्रिय फुटबल टोली बेलायत उड्न पाएन!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली भिसा नभएका कारण बेलायत भ्रमणका लागि उड्न पाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण मंगलबार विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ […]

April 30, 2024

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

एजेन्सी –  बार्सिलोनाले स्पेनिस ला लिगामा सोमबार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाले  भलेन्सियालाई ४-२ ले पराजित गरेको हो। बार्सिलोनाको लागि अर्को गोल फेर्मिन लोपेजले गरेका हुन् । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले गोल गरेका थिए। २२ औं मिनेटमा लोपेजको गोलबाट बार्सिलोना अघि लागेको हो। डुरोले २७ औं मिनेटमा बराबरी गोल गरे। […]

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

Success

Thank you for your time.