default_image

4 years ago

March 30, 2020

सान्चो बेच्ने डर्टमन्डको संकेत

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमन्डले आफ्ना युवा स्टार जाडोन सान्चोले आउदो समरमा बेच्ने संकेत दिएको छ । खेलाडीले चाहेको कुरालाई आदर गर्नुपर्ने भन्दै क्लबले सान्चोले चाहेको अवस्थामा बेच्न सक्ने संकेत दिएको हो ।  डर्टमन्डले सान्चोलाई बेच्नै परेपनि थोरै मुल्यमा नबेच्ने बताएको छ । सान्चो सन् २०१७ मा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट डर्टमन्ड पुगेका थिए […]

54 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमन्डले आफ्ना युवा स्टार जाडोन सान्चोले आउदो समरमा बेच्ने संकेत दिएको छ । खेलाडीले चाहेको कुरालाई आदर गर्नुपर्ने भन्दै क्लबले सान्चोले चाहेको अवस्थामा बेच्न सक्ने संकेत दिएको हो । 

डर्टमन्डले सान्चोलाई बेच्नै परेपनि थोरै मुल्यमा नबेच्ने बताएको छ । सान्चो सन् २०१७ मा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट डर्टमन्ड पुगेका थिए । सोही बेलादेखि नै सान्चो इंग्लिस प्रशिक्षक ग्यारेथ साउथगेटको नजरमा पर्दा इंग्ल्यान्डको राष्ट्रिय टोलीमा मौका पाइरहेका छन् । उनले डर्टमन्डमा निकै उच्च प्रदर्शन गरिरहेका छन् ।

इंग्ल्यान्डका २० वर्षीय युवा स्टार अनुबन्ध गर्न इंग्लिस क्लबहरु म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सीसँगै स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टसले पनि चासो देखाइरहेका छन् । ‘तपाई हामीले खेलाडीले चाहेको कुरालाई आदर गर्नुपर्छ । सान्चोको मुल्य १०० मिलियन पाउन्ड राखिएको छ । हामी हाम्रो स्टारलाई हामीसँगै राख्न चहान्छौं । हामीले उनी क्लबमै बस्ने विश्वास गरेका छौं । उनी मात्र २० वर्षका छन् तर यकिन भन्न सकिने अवस्था छैन,’ डर्टमन्डका सिइओ हान्स जोआचिम वाट्जकेले भने, ‘धेरै धनी क्लबहरु उनको मोलमोलाईमा जान सक्दछन् । यो हामीले अनुमान गरेको कुरा हो । तरु, हामी हामीले तोकेभन्दा कम मुल्यमा बेच्ने छैनौं ।’

सान्चो अनुबन्ध गर्न अहिले सबैभन्दा अघि म्यानचेस्टर युनाइटेड उभिएको छ । युनाइटेडले २०१६ मा पल पोग्वालाई अनुबन्ध गर्न ८९ मिलियन पाउन्ड खर्चेको थियो । सान्चोलाई युनाइटेडले त्यो भन्दाी बढी मुल्यमा खरिद गर्नुपर्नेछ । सान्चोको लागि लिभरपुल, चेल्सी, बार्सिलोना र युभेन्टसले पनि १०० मिलियन भन्दा बढी खर्च गर्न तयार रहेको बुझिएको छ ।

सान्चोले यो सिजन डर्टमन्डबाट ३५ खेल खेल्दै १७ गोल गर्दा १९ असिस्ट दिएका छन् । जर्मन बुन्डेस लिगमा डर्टमन्ड शीर्षस्थानको बायर्न म्युनख भन्दा ४ अंकले पछि छ । सान्चोले बुन्डेस लिगाको २३ खेलमा १४ गोल र १६ असिस्ट दिएका छन् । च्याम्पियन्स लिगमा ८ खेलमा २ असिस्ट र २ गोल, जर्मन सुपर कपमा १ खेलमा १ गोल र १ असिस्ट दिएका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.