default_image

4 years ago

April 3, 2020

एट्लेटिको म्याड्रिड पनि तलब कटौतीमा सहमत

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको मड्रिडका खेलाडी तथा प्रशिक्षकले आफ्नो ७० प्रतिशत पारिश्रमिक कटौतीमा क्लबसँग सहमत भएका छन् । क्लबले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण हुन सक्ने आर्थिक संकटलाई ध्यानमा राख्दै यस्तो निर्णयमा पुगेको हो । एट्लेटिको खेलाडीको पारिश्रमिक कटौतीको निर्णय गर्ने दोस्रो स्पेनिस क्लब बनेको छ । यसअघि क्याटलान क्लब बार्सिलोनाले पनि […]

37 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको मड्रिडका खेलाडी तथा प्रशिक्षकले आफ्नो ७० प्रतिशत पारिश्रमिक कटौतीमा क्लबसँग सहमत भएका छन् । क्लबले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण हुन सक्ने आर्थिक संकटलाई ध्यानमा राख्दै यस्तो निर्णयमा पुगेको हो ।

एट्लेटिको खेलाडीको पारिश्रमिक कटौतीको निर्णय गर्ने दोस्रो स्पेनिस क्लब बनेको छ । यसअघि क्याटलान क्लब बार्सिलोनाले पनि खेलाडीको ७० प्रतिशत पारिश्रमिक कटौती गर्ने निर्णय गरेको थियो । जसमा खेलाडीले सहमति जनाएका थिए ।

एट्लेटिकोले आफ्नो क्लबको ४ सय ३० कर्मचारीलाई तलब वितरण गर्न सहजताको लागि आफ्ना खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने निर्णय गरेको र त्यसमा क्लबको सिनियर टोली, महिला टिम, बी टिम र प्रशिक्षकले क्लबसँग आन्तरिक सहमति गरेका एट्लेटिकोको आधिकारिक वेबसाईटमा उल्लेख छ । क्लबले सिजन पुरा हुने वा रद्ध हुने दुई फरक अवस्थाको विकल्पमा पनि छलफल गरेको छ ।

क्लबको पहिलो रोजाईका खेलाडीबाट पारिश्रमिकको आधा पारिश्रमिक छुट्याउने र आधा अन्यबाट गरी क्लबका कर्मचारीलाई दिइने क्लबका सिइओ मिगुइल एन्जल गिल मारिनले जनाएको छ । एट्लेटिकोमा बढी पारिश्रमिक लिनेमा प्रशिक्षक डिएगो सिमोनी र यसै सिजन महँगो मूल्यमा अनुबन्ध भएका युवा स्टार जोआओ फेलिक्स रहेका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.