default_image

4 years ago

April 3, 2020

कोरोनाविरुद्ध नेयमारको सहयोग

एजेन्सी – ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमारले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न आर्थिक सहयोग प्रदान गरेका छन् ।  नेयमारले युनिसेफ र सोलिडारिटी फन्डमार्फत ७ लाख ५० हजार पाउन्ड सहयोग गरेका हुन् । उनको यो सहयोग रकम कोरोना भाइरसबाट पीडित व्यक्तिहरु तथा कोरोनाका कारण संघर्ष गरिरहेका न्युन […]

69 views

0 Bookmark

एजेन्सी – ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमारले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न आर्थिक सहयोग प्रदान गरेका छन् । 

नेयमारले युनिसेफ र सोलिडारिटी फन्डमार्फत ७ लाख ५० हजार पाउन्ड सहयोग गरेका हुन् । उनको यो सहयोग रकम कोरोना भाइरसबाट पीडित व्यक्तिहरु तथा कोरोनाका कारण संघर्ष गरिरहेका न्युन आय भएका परिवारलाई सहयोग हुनेछ । यसअघि अर्जेन्टिनी लियोनेल मेस्सी, पोर्चुगिज क्रिस्टियानो रोनाल्डो, फ्रेन्च केलियन एमबाप्पे, पोलिस रोबर्ट लेवान्डोस्की, म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गर्डिओला र स्पेनिस डेभिड डे गेयाले पनि आ–आफ्नो क्षेत्रका लागि सहयोग प्रदान गरेका थिए ।

नेयमार अहिले ब्राजिलमै सेल्फ क्वारेन्टाइनमा रहेका छन् । उनी त्यहाँ रहँदा आफुलाई फिट राख्न समुद्री किनारमा बिच भलिबल खेलेको र सरकारको निर्णयविरुद्ध रहँदै सपिङमा भुलेको भन्दै चर्काे आलोचना भएको थियो ।

क्याटलान क्लब बार्सिलोनाका पुर्व स्टार नेयमारले अघोषित रुपमा सहयोग गरेपनि पछि ब्राजिलियन टीभी कार्यक्रममार्फत सहयोग गरिएको घोषणा गरेको हो । कोरोनाको कारण दैनिक २ हजार बढीको ज्यान गइरहेको छ । पुर्व फुटबलर तथा म्याच अफ दि डे होस्ट गर्ने ग्यारी लिनेकरले दुई महिनाको ३ लाख पाउन्ड ब्रिटिस रेडक्रसलाई सहयोग गरेका छन् ।

यस्तै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पुर्व फरवार्ड अर्जेन्टिनी कार्लाेस टेभेजले क्लबको आर्थिक तनाव कम गर्न र यो अवस्थामा समुदायलाई सहयोग गर्न खेलाडीहरुलाई १ वर्षसम्मको पारिश्रमिक दिन आग्रह गरेका छन् ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.