default_image

4 years ago

April 7, 2020

रियलले एमबाप्पे किन्न नसक्ने

55 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले तत्काल फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) मा युवा स्टार केलियन एमबाप्पेलाई अनुबन्ध गर्न नसक्ने स्थिति सिर्जना भएको छ ।

विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) को कारण विश्व अर्थतन्त्र नै धरासयी बन्ने अवस्थामा क्लबले पनि आर्थिक अवस्थालाई ध्यानमा राख्दै तत्काल एमबाप्पेलाई अनुबन्ध गर्न नसकिने अवस्था आएको बुझिएको छ । क्लबले आउदो समरमा एमबाप्पेलाई मोटो रकममा क्लबमा अनुबन्ध गर्ने योजना बनाइरहेको थियो । तर, वर्तमान अवस्थाका कारण एमबाप्पेलाई अनुबन्ध गर्न केही गाह्रो हुने छ । यसको मतलव क्लब लक्ष्यमा पुग्न सक्ने छैन । कोरोना त्रासका कारण अहिले विश्व खेलकुद गतिविधि नै ठप्प छ ।

क्लबले अर्काे सिजन २०२१ सम्ममा आर्थिक अवस्था सुधार हुन नसक्ने र त्यसपछि सुधार भएको अवस्थामा एमबाप्पे पहिलो रोजाईमै हुने स्रोतले बताएका छन् ।  स्पेनिस पत्रिका एएसका अनुसार उनीहरुको क्लबले अपेक्षा गरेको बजेट १८९ मिलियन पाउन्डबाट घटेर १३२ मिलियन पाउन्ड पुगेको छ । यो तथ्यअनुसार एमबाप्पेललाई तत्काल क्लबमा ल्याउन असहज हुनेछ ।

पीएसजीमा एमबाप्पेको सम्झौता २०२२ सम्म रहेको छ । तर, क्लबका प्रशिक्षक थोमस टचेलले २१ वर्षीय एमबाप्पे रोक्न कठिन हुने स्वीकार गरेका छन् । ‘म एक प्रशिक्षको नाताले उनलाई क्लबमै रहेको हेर्न चहान्छु । मलाई तपाई सोध्नुहुन्छ भने उनी जस्तो खेलाडी क्लबलाई आवश्यक छ,’ टचेलले भने, ‘यो फुटबल हो । हामी भोको छैनौं । धेरै क्लबहरु धेरै खेलाडीहरु स्थानान्तरण चहान्छन् । बजार पागल हो । जे पनि हुन सक्छ । हामी हाम्रो समस्या भेट्टाउन सक्नेछौं ।’

एमबाप्पेले पीएसजीमा आफ्नो भविष्यबारे बोलेका छन् । ‘यो मेरो लागि एकदमै महत्वपुर्ण पल हो । म आफ्नो करियरको उत्कृष्ट क्षणमा छु । यहाँ मैले धेरै कुरा सिक्ने अवसर पाएको छु । मलाई लाग्छ, पीएसजीमा मेरो जिम्मेवारी अझै छ । मलाई आशा छ । म नयाँ परियोजनाका साथ पीएजसीमै रहन सक्छु ।’

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.