default_image

4 years ago

April 7, 2020

बायर्नमा मुलरको सम्झौता नवीकरण

42 views

0 Bookmark

एजेन्सी – फरवार्ड थोमस मुलरले जर्मन क्लब बायर्न म्युनिखमा थप दुई वर्षको सम्झौता नवीकरण गरेका छन् । ३० वर्षीय मुलरले मंगलबार थप दुई वर्षको सम्झौता नवीकरण गरेका हुन् ।

यससँगै मुलर २०२३ सम्म बायर्नमै रहनेछन् । मुलरको सम्झौता अझै एक वर्ष बाँकी रहेको थियो । तर, क्लबले सम्झौता बाँकी रहँदै सम्झौता नवीकरण गरेको हो । मुलरको सम्झौता नवीकरणमा बायर्नका स्पोर्टिङ डाइरेक्टर हसन सलिहाअिदजिक र क्लबको बोर्ड सदस्य ओलिभर कान रहेका थिए । उनीहरुले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) को त्रासलाई मध्यनजरमा राख्दै केही दुरी राख्दै तस्वीर खिचाएका थिए ।

निको कोभाक प्रशिक्षक रहँदा बायर्नमा मुलरको भविष्य अनिश्चित जस्तै बनेको थियो । तर, नयाँ प्रशिक्षक हान्सी फ्लिक मुलरको सम्झौता नवीकरण गर्न सहमत भएको हो । ‘क्लबमा राम्रो भावनाका साथ दुवै पक्षबाट सम्झौता नवीकरण भएको छ । एकदमै खुसी छु । यसले मलाई थप हौसला प्रदान गरेको छ । बायर्न मेरो रोजगारदाता मात्रै होइन मैले उत्कृष्ट समय व्यतित गरेको हो क्लब हो । ’ मुलरले क्लबको आधिकारिक वेवसाइटमा लेखेको छ ।

क्लबका स्पोर्टिङ डाइरेक्टर हसनले मुलरसँग पुन सम्झौता नवीकरण गर्न पाउदा खुशी रहेको बताएका छन् । ‘उनी एक विशेष खेलाडी हुन् । उनले क्लबमा छुट्टै पहिचान बनाएका छन् । उनले बायर्नमा त्यस्तै सफलता र सफल क्षण बिताएका छन्,’ हसनले भने, ‘मुलरसँग के छ, हामीलाई थाहा छ । बायर्नसँग के छ मुलरलाई पछि थाहा छ । अब हामीले लामो कुरा गर्ने पर्दैन । उनी २०२३ सम्म बायर्नमा रहनेछन् ।’

मुलर २००० देखि निरन्तर बायर्नमा रहेका छन् । उनले बायर्नबाटै युथ करियर शुरु गर्दै २००८ मा सिनियर टोलीमा स्थान बनाएका थिए । त्यसयता मुलर क्लबको नियमित सदस्य रहेका छन् । मुलरले बायर्नबाट ८ जर्मन बुन्डेस लिगा, ५ जर्मन कप र समान एकपटक च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा क्लब वल्डकप जितेका छन् । मुलरले यो सिजन बायर्नबाट ३६ खेलमा १० गोल गरेका छन् ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.