default_image

4 years ago

April 13, 2020

नेयमारकी आमा २२ वर्षे युवासँग ‘डेटिङ’ मा

138 views

0 Bookmark

एजेन्सी – ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार जुनियरकी आमा नादिया गोन्काल्भेस यतिबेला आफ्ना छोरा नेयमारभन्दा ६ वर्ष कान्छा युवासँगको प्रेम सम्वन्धका कारण निकै चर्चामा छिन् ।

५२ वर्षीय नदिना छोरा नेयमार भन्दा पनि ६ वर्ष कान्छो केटासँग ‘डेटिङ’ मा भएका कारण चर्चामा रहेकी हुन् । डेटिङमा रमाइरहेकी नदियाको प्रेमीको उमेर २२ वर्ष मात्रै रहेको छ । जबकी नेयमारको उमेर २८ वर्ष रहेको छ । नेयमारकी आमासँग ‘डेटिङ’ गरिरहेका युवाको नाम तियागो रामोस हो ।

नादियाले भर्खरै आफ्नो इन्स्टाग्राममा रामोससँग ‘डेटिङ’ को फोटो पोस्ट गर्दै सम्बन्धको खुलासा गरेकी थिइन् । उनले फोटो क्याप्सनमा ‘व्याख्या गर्न नसक्ने कुराको कसरी व्याख्या गर्नु । तपाईले मन पराउनु भयो..।’ भन्दै लेखेकी छिन् । त्यहँ उनले ‘लभ’ को साइन पनि देखाएकी छिन् । नेयमारले ‘वि आर ह्याप्पी मम, लभ यु’ (अर्थात् हामी खुसी छौं, धेरै माया) भन्दै आमाको प्रेम सम्बन्धलाई साथ दिँदा उनका पुर्वपति रिबेइरोले इमोजी पठाएका छन् ।

नादियाले नेमारको बुवा तथा एजेन्ट वाग्नर रिबेइरोसँग २०१६ मा २५ वर्षे लामो वैवाहिक सम्बन्ध तोडेकी थिइन् । नेयमार बुवासँगै आमा र बहिनीसँग पनि नजिक छन् । कोरोना त्रासका कारण ब्राजिलमा फर्किएका नेयमारले केही साताअघि आफ्नो आमा र बहिनीलाई भेटेका थिए ।

रामोसले नदिनासँग भेट्नुअघि नै आफु नेयमारको फ्यान रहेको बताएका छन् । उनले २०१७ मा नेयमारलाई एक सन्देश पठाएका थिए । ‘नेयमार एकदम राम्रो छौं । म तिम्रो प्रशंसक भएकाले कसरी व्याख्या गर्ने म जान्दिन । म तिमाीलाई खेलिरहेको देख्छु । म धेरै प्रेरित भएको छु । एक दिन तपाईल यो सन्देश पढ्ने आशा गरेको छु । मलाई थाहा छ, एक दिन म तिमीलाई भेट्छु किनकि म सपनाको केटा हु । जहाँ म आफ्नो लक्ष्यहरु त्याग्दिन ।’ उनले यसो भनिरहँदा उनको इच्छा पुरा भएको देखिन्छ । उनले गत जनवरीमा नेयमारसँगको तस्वीर पोस्ट गरेका थिए ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.