default_image

4 years ago

April 23, 2020

नेयमार बार्सिलोना फर्किए आधा कमाई घट्ने

एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) मै रहेको खण्डमा उनले वर्षको ५२ मिलियन युरो बार्षिक रुपमा कामाउन सक्नेछन् । तर यदि उनी अर्को सिजनमा पुरानै क्लब बार्सिलोनामा फर्किए भने त्यो भन्दा आधा आम्दानीमा चित्त बुझाउनुपर्ने बताइएको छ । उनी बार्सिलोना फर्किएको खण्डमा बार्षिक २० मिलियन भन्दा केहि बढी मात्र कमाउने छन् । […]

92 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) मै रहेको खण्डमा उनले वर्षको ५२ मिलियन युरो बार्षिक रुपमा कामाउन सक्नेछन् । तर यदि उनी अर्को सिजनमा पुरानै क्लब बार्सिलोनामा फर्किए भने त्यो भन्दा आधा आम्दानीमा चित्त बुझाउनुपर्ने बताइएको छ ।

उनी बार्सिलोना फर्किएको खण्डमा बार्षिक २० मिलियन भन्दा केहि बढी मात्र कमाउने छन् । नेयमारले सन् २०१७ मा विश्व कीर्तिमानी रकममा बार्सिलोना छाडेर पिएसजीको यात्रा तय गरेका थिए । उनी फरि बार्सिलोना फर्कन चाहेको बताइएको छ ।

कतिपय सञ्चारमाध्यमका अनुसार क्लब र उनीबीच व्यक्तिगत सम्झौता भइसकेको छ । नेयमारले आउने सिजन पिएसजी छाड्ने सम्भावना रहेको उल्लेख गरिएको छ । उनका लागि पनि यो मौका अन्तिम हुन सक्ने अनुमान छ । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ नेयमारका प्रशंसक हुन् । उनको कार्यकाल अर्को वर्ष सकिदैछ ।

क्लबका नयाँ अध्यक्ष आएको अवस्थामा नेयमार प्राथमिकता नपर्न पनि सक्छन् । बार्सिलोनाका सुपरस्टार लियोन मस्सीको सन्यासपछि क्लबले त्यसपछिको स्टारका रुपमा नेयमार हुन सक्ने अनुमान गरेको छ । मेस्सी भन्दा नेयमार ५ वर्ष कान्छा छन् । त्यस कारण पनि उनी बार्सिलोनाको रोजाईमा परेको बताइएको छ ।

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.