default_image

4 years ago

April 23, 2020

वाटफर्डले केल्मीको किट प्रयोग गर्ने

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब वाटफर्डले स्पेनिस ब्रान्ड केल्मीको खेल सामग्री प्रयोग गर्ने भएको छ । हाल एडीडासको सामाग्री प्रयोग गरिरहेको वाटफर्डले सम्झौता सकिएपछि नविकरण नगर्ने निर्णय गरेको हो । एडीडासले भन्दा बढी रकम दिएकाले पनि केल्मीसँग सम्झौता सम्भव भएको हो । दुई पक्षबीच सम्झौता हस्ताक्षर भएपनि हाल औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । […]

31 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब वाटफर्डले स्पेनिस ब्रान्ड केल्मीको खेल सामग्री प्रयोग गर्ने भएको छ । हाल एडीडासको सामाग्री प्रयोग गरिरहेको वाटफर्डले सम्झौता सकिएपछि नविकरण नगर्ने निर्णय गरेको हो ।

एडीडासले भन्दा बढी रकम दिएकाले पनि केल्मीसँग सम्झौता सम्भव भएको हो । दुई पक्षबीच सम्झौता हस्ताक्षर भएपनि हाल औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । वाटफर्डले यो सिजन लिगको शीर्षस्थानमा रहेको लिभरपुललाई पराजित गर्दै मर्सीसाइड क्लबको अपराजित यात्रामा पूर्णविराम लगाएको थियो । वाटफर्ड लिग तालिकामा २७ अंकसहित गोल अन्तरको आधारमा १७ औं स्थानमा छ ।

वाटफर्डका इटालियन मालिक जिनो पोज्जो आफ्नो पिता जियामपाउलो पोज्जोको क्लब उडीनेजेमा पनि सल्लाहकार रहेका छन् । दुई क्लबबीच पछिल्लो समय खेलाडी किनबेचमा पनि सहकार्य हुँदै आएको छ । यसअघि पोज्जो परिवारले स्पेनिस क्लब ग्रानडा किनेपनि केहि वर्षमै बेचेको थियो । वाटफर्डले अर्को सिजन केल्मीको किटमा खेल्नेछ ।

पछिल्लो समय नेपालमा समेत निकै लोकप्रिय रहेको ब्रान्ड केल्मीले युरोपेली फुटबलमा पनि विभिन्न टोलीहरुसँग सहकार्य गर्ने कार्यलाई थप बढावा दिएको छ । हाल स्पेनमा रहेका थुप्रै क्लबहरुले केल्मीको जर्सी प्रयोग गर्दै आएका छन् । नेपालमा पनि अधिकांश ए डिभिजन क्लबले केल्मीकै जर्सी प्रयोग गर्दै आएका छन् । नेपालको राष्ट्रिय फुटबल टोलीहरु, करांते टोली, तेक्वान्दो टोली लगायत अन्य थुप्रै खेलमा पनि केल्मी लोकप्रिय रहँदै आएको छ ।

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

April 28, 2024

मियामीको जितमा मेस्सीको २ गोल

एजेन्सी – कप्तान लियोनल मेस्सीको प्रभावशाली प्रदर्शनमा इन्टर मियामीले अमेरिकन मेजर लिग सकर एमएलएस) आइतबार सहज जित निकालेको छ। मेस्सीले २ गोल गरेपछि मियामीले घरेलु टोली न्यु इङ्ल्यान्ड रिभोलुसनलाई ४-१ ले हराएको हो। पहिलो मिनेटमै कार्लोस गिलको पासमा थोमस चान्कालेले गोल गर्दे न्यु इङ्ल्यान्डलाई सुरुआती अग्रता दिलाए। ३२औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा १-१ […]

April 28, 2024

बायर लिभकुसन अझै अपराजित

एजेन्सी – यो सिजन सानदार प्रदर्शन गर्दै जर्मन बुन्डेसलिगाको च्याम्पियन बनिसकेको बायर लेभरकुसेनले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । जाभी अलन्सोको प्रशिक्षणमा गज्जवको प्रदर्शन गरिरहेको बायर लिभरकुसनले बुन्डेसलिगामा शनिबार राति भिएफबी स्टुर्टगार्टसँग २–२ गोलको बराबरी खेल्दै आफ्नो अपराजित यात्रा ४६ खेलसम्म पु¥याएको छ । लिभरकुसनले पछिल्ला तीन खेलमा अन्तिम समयमा गोल गर्दै हार टारिरहेको […]

Success

Thank you for your time.