default_image

4 years ago

April 24, 2020

मोड्रीचमा निर्भर ओडेगार्डको म्याड्रिड भविष्य

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडबाट लोनमा रियल सोसीडाड पुगेका मिडफिल्डर मार्टिन ओडेगार्डले निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी अर्को सिजन म्याड्रिडमै खेल्ने भन्नेमा भने क्लबका अर्का मिडफिल्डर लुका मोड्रीचमा निर्भर छ । सोसीडाडले ओडेगार्डलाई दुई वर्षका लागि लोनमा अनुबन्ध गरेको हो । तर लिगकै उत्कृष्ट मिडफिल्डर रहेका ओडेगार्डलाई म्याड्रिडले एक सिजन अघि नै […]

35 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडबाट लोनमा रियल सोसीडाड पुगेका मिडफिल्डर मार्टिन ओडेगार्डले निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी अर्को सिजन म्याड्रिडमै खेल्ने भन्नेमा भने क्लबका अर्का मिडफिल्डर लुका मोड्रीचमा निर्भर छ ।

सोसीडाडले ओडेगार्डलाई दुई वर्षका लागि लोनमा अनुबन्ध गरेको हो । तर लिगकै उत्कृष्ट मिडफिल्डर रहेका ओडेगार्डलाई म्याड्रिडले एक सिजन अघि नै फिर्ता बोलाउने सम्भावना पनि रहेको छ । उनको उत्कृष्ट लय र मोड्रीचको बढ्दो उमेरसँगै खस्कँदो प्रदर्शनले रियल उक्त विकल्पतर्फ पनि अध्ययन गरिरहेको छ ।

मोड्रीचले अर्को सिजन पनि क्लबमै बस्ने निर्णय लिएको अवस्थामा सम्भवत ओडेगार्ड सोसीडाडकै जर्सीमा अर्को सिजन देखिनेछन् । तर मोड्रीचका लागि अन्यत्रबाट राम्रो प्रस्ताव आएमा रियलले उनलाई पठाएर ओडेगार्डलाई फिर्ता बोलाउन सक्छ । यसले रियललाई दोहोरो फाइदा हुने देखिन्छ ।

मोड्रीच सिजनको मध्यतिर इटालियन क्लब एसी मिलानसँग नजिकिएको खबर आएको थियो । तर मिलानले क्लबका निर्देशक बोबानलाई पदमुक्त गरेसँगै त्यो सम्भावना पातलिएको छ । बोबान मोड्रीचका नजिकका साथी थिए ।

त्यसो त रियलले यस ट्रान्सफर विन्डोमा मोड्रीचभन्दा पहिले ग्यारेथ बेल, हामेस रोड्रीग्वेज र मारियानो डियाजको अवस्थालाई सुल्झाउनु पर्नेछ । कोरोनाका कारण आर्थिक मन्दी बढेकाले रियललाई थप समस्या हुने देखिन्छ । हामेसलाई डेविड बेकह्यामले मेजर लिग सकरको आफ्नो टोली इन्टर मायमीमा अनुबन्ध गर्ने प्रयास गरेका छन् । बेल र मारियानोको स्थिति भने अझै प्रष्ट भएको छैन ।

April 28, 2024

महिला लिग छनोटमा कर्णालीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेशले महिला लिग छनोटमा तेस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा कर्णालीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सुनकला राईले २, वर्षा ओली र सन्जिता बम्जोङले समान १ गोल गरे । लुम्बिनकी कप्तान ममता पुनले गोल फर्काइन् । १८ […]

April 28, 2024

आयोजक आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, झापाझापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा […]

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

Success

Thank you for your time.