default_image

4 years ago

April 24, 2020

टोटेनहमका मिडफिल्डर अनुबन्ध गर्न बार्सिलोना इच्छुक

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यसै सिजन इंग्लिस क्लब टोटेनहम आइपुगेका मिडफिल्डर टान्गी एनडोम्बेलेलाई अनुबन्ध गर्न लन्डन क्लबसमक्ष खेलाडी साटफेर सहितको प्रस्ताव राख्ने तयारी गरेको छ । बार्सिलोनाले मिडफिल्डमा कमजोर स्थितिलाई सुल्झाउन फ्रान्सको राष्ट्रिय टोलीबाट खेलिरहेका मिडफिल्डरलाई अनुबन्धन गर्न खोजेको हो । एनडोम्बेले यसै सिजन टोटेनहम आएपनि प्रशिक्षक माउरिसियो पोचेटिनोले छोडेपछि जम्न सकेका छैनन् । […]

36 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यसै सिजन इंग्लिस क्लब टोटेनहम आइपुगेका मिडफिल्डर टान्गी एनडोम्बेलेलाई अनुबन्ध गर्न लन्डन क्लबसमक्ष खेलाडी साटफेर सहितको प्रस्ताव राख्ने तयारी गरेको छ ।

बार्सिलोनाले मिडफिल्डमा कमजोर स्थितिलाई सुल्झाउन फ्रान्सको राष्ट्रिय टोलीबाट खेलिरहेका मिडफिल्डरलाई अनुबन्धन गर्न खोजेको हो । एनडोम्बेले यसै सिजन टोटेनहम आएपनि प्रशिक्षक माउरिसियो पोचेटिनोले छोडेपछि जम्न सकेका छैनन् । प्रशिक्षक जोसे मोउरिन्होले उनले खेलमा धेरै मिहिनेत नगरेको भन्दै आलोचना समेत गरेका थिए ।

चोटका कारण केहि समस्यामा परेका उनले जारि सिजन २९ मध्य १२ खेलमा मात्र सुरुवात गरेका छन् । बार्सिलोनाले एनडोम्बेलेका लागि फ्रान्सेली डिफेन्डर स्यामुएल उम्टिटी र पोर्चुगिज डिफेन्डर नेल्सन सेमेडोलाई इंग्लिस क्लब पठाउने तयारी गरेको छ । दुवै खेलाडी पछिल्लो समय पहिलो रोजाईमा पर्न संघर्ष गरिरहेका छन् ।

टोटेनहमलाई पनि यहि दुई पोजिसनका खेलाडी आवश्यकता परेको कारण सम्झौताबारे छलफल हुने अपेक्षा गरिएको छ । त्यसो त कोरोना संक्रमणका कारण आर्थिक अवस्था कमजोर हुँदा आउने ट्रान्सफर विन्डोमा खेलाडी साटफेर धेरै हुने आँकलन गरिएको छ ।

यस्तो अवस्थामा यो ट्रान्सफर दुवै पक्षका लागि फलदायी हुने देखिन्छ । मोउरिन्होले एनडोम्बेले आफ्नो योजना भए नभएको प्रष्ट पारेपछि क्लबहरुबीच छलफल हुने बुझिएको छ ।

April 28, 2024

आयोजक आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, झापाझापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा […]

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

April 28, 2024

मियामीको जितमा मेस्सीको २ गोल

एजेन्सी – कप्तान लियोनल मेस्सीको प्रभावशाली प्रदर्शनमा इन्टर मियामीले अमेरिकन मेजर लिग सकर एमएलएस) आइतबार सहज जित निकालेको छ। मेस्सीले २ गोल गरेपछि मियामीले घरेलु टोली न्यु इङ्ल्यान्ड रिभोलुसनलाई ४-१ ले हराएको हो। पहिलो मिनेटमै कार्लोस गिलको पासमा थोमस चान्कालेले गोल गर्दे न्यु इङ्ल्यान्डलाई सुरुआती अग्रता दिलाए। ३२औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा १-१ […]

Success

Thank you for your time.