default_image

4 years ago

April 24, 2020

छोराभन्दा कान्छो प्रेमीसँग नेयमारकी आमाको सम्बन्ध टुट्यो

एजेन्सी – ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार जुनियरकी आमा नादिया गोन्साल्भेसको आफ्ना छोराभन्दा ६ वर्ष कान्छा युवासँगको प्रेम सम्बन्ध २ साता नपुग्दै टुटेको छ । केहि दिनअघि मात्र ५२ वर्षीय नदिना छोरा नेयमार भन्दा पनि ६ वर्ष कान्छो केटासँग ‘डेटिङ’ मा भएका कारण चर्चामा रहेकी थिइन् । नदियाको […]

38 views

0 Bookmark

एजेन्सी – ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार जुनियरकी आमा नादिया गोन्साल्भेसको आफ्ना छोराभन्दा ६ वर्ष कान्छा युवासँगको प्रेम सम्बन्ध २ साता नपुग्दै टुटेको छ ।

केहि दिनअघि मात्र ५२ वर्षीय नदिना छोरा नेयमार भन्दा पनि ६ वर्ष कान्छो केटासँग ‘डेटिङ’ मा भएका कारण चर्चामा रहेकी थिइन् । नदियाको प्रेमी तियागो रामोसको उमेर २२ वर्ष मात्रै रहेको थियो । जबकी नेयमार २८ वर्षका भए । नादियाले आफैंले इन्स्टाग्राममा रामोससँग ‘डेटिङ’ को फोटो पोस्ट गर्दै सम्बन्धको खुलासा गरेकी थिइन् ।

तर उक्त सम्बन्ध विस्तार भएको दुई साता नबित्दै सम्बन्ध सकिएको छ । द सनका अनुसार नादियाले उनको प्रेमी रामोसले यसअघि पुरुषसँग पनि सम्बन्धमा रहेका कारण उनलाई घरबाट निकाल्दै सम्बन्धमा पूर्णविराम लगाएकी हुन् । रामोस यसअघि माउरो नाम गरेका नेयमारकै भान्साका सेफसँग सम्बन्धमा रहेको खुलासा भएको छ ।

त्यसअघि उनी ब्राजिलका अभिनेता कर्लिन्होस माइआसँग पनि सम्बन्धमा थिए । रामोस ब्राजिलमा एक मोडलका रुपमा कार्यरत छन् । उनी कम्प्युटरमा भर्चुअल गेमरका रुपमा पनि परिचित छन् । नेयमार र परिवारबाट दबाब आएपछि नादियाले सम्बन्ध तोडेकी हुन् ।

नादियाले नेमारको बुवा तथा एजेन्ट वाग्नर रिबेइरोसँग २०१६ मा २५ वर्षे लामो वैवाहिक सम्बन्ध तोडेकी थिइन् । नेयमार बुवासँगै आमा र बहिनीसँग पनि नजिक छन् । कोरोना त्रासका कारण ब्राजिलमा फर्किएका नेयमारले केही साताअघि आफ्नो आमा र बहिनीलाई भेटेका थिए ।

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

April 27, 2024

दिल्लीद्वारा मुम्बई पराजित

एजेन्सी – रनको भारी वर्षा भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्स माथि जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्लीले १० रनको जित निकालेको हो । दिल्लीले दिएको २५८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि तिलक […]

April 27, 2024

एपिएफ पकलीलाई मिल्स गोल्डकपको उपाधि

विराटनगर (हाम्रो खेलकुद)– सशस्त्र प्रहरी बल (एपिएफ) पकली सुनसरीले चौथों मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार भएको फाइनलमा घरेलु टोली पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । एपिएफले २ लाख ११ हजार १ सय रुपैयाँ हात पारेको छ । एपिएफको जितमा भरत कपाली, दिशन […]

Success

Thank you for your time.