default_image

4 years ago

April 28, 2020

मार्टिनेज भित्राउन बार्सिलोना आतुर

35 views

0 Bookmark

एजेन्सी – बार्सिलोना इन्टर मिलानका स्ट्राइकर लाउटारो मार्टिनेजलाई भित्राउन आतुर छ । तर, उनलाई भित्राउन काटलान टोलीलाई रिजिल क्लज रकम तिर्न भने कठिन भइरहेको छ ।

मार्टिनेजले सिरिएमा यो सिजन स्तरीय प्रदर्शन गरेका छन् । जसका कारण उनी बार्सिलोनाको रोजाईमा परेका छन् । तर उनलाई भित्राउन चर्का मुल्य तिर्नुपर्ने अवस्था छ । रिलिज क्लजका लागि मात्र ९७ मिलियन पाउन्ड तिर्नुपर्ने हुन्छ । कोभिड १९ का कारण टोलीको आर्थिक अवस्था कमजोर भएको छ । जसले गर्दा टोलीलाई कठिन भइरहेको बताइएको छ ।

यद्दपी बार्सिलोना उनलाई लिनका लागि हर सम्भव प्रयास गर्नेमा छ । अहिलेसम्म पनि बार्सिलोनाले इन्टरलाई प्रस्ताव भने गरेको छैन । इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टे पनि बार्सिलोनाले बलियो प्रस्ताव राख्छ भन्नेमा आशावादी छैनन् । कोन्टेले टोलीबाट लोनमा पीएसजी पुगेका फरवार्ड माउरो इकार्डीलाई भने योजनामा राखेका छैनन् । अर्का फरवार्ड रोमेलु लुकाकु गत सिजन मात्र आएकाले इन्टरमै बस्ने पक्काजस्तै छ ।

मार्टिनेजका विषयमा बार्सिलोनाको ला लिगाको प्रतिद्वन्द्वी रियल म्याड्रिडसहित पेरिस सेन्ट जर्मेनले पनि चासो देखाएका छन् । तर, पनि क्लबहरुलाई अहिलेको अवस्थामा ठूलो रकम खर्च गरेर खेलाडी भित्राउन सहज भने छैन । अधिकांश क्लबले खेलाडी साटफेरसहितको प्रस्ताव राख्ने विश्लेषकहरुले बताएका छन् । बार्सिलोनाले पनि केहि खेलाडी मुक्त गर्न चाहेको हुँदा मार्टिनेजको प्रस्तावमा खेलाडीसहित केहि रकमको प्रस्ताव गरिने सम्भावना छ ।

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

Success

Thank you for your time.