default_image

4 years ago

May 5, 2020

जब लिभरपुलका समर्थकले ज्यान मार्ने धम्की दिए

एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्व स्टार प्याट्रिस इभ्राले लिभरपुलका जेलमा रहेका एक समर्थकले आफुलाई ज्यान मार्ने धम्की दिएको स्मरण गरेका छन् । सन् २०११ मा युनाइटेड र लिभरपुलबीचको खेलमा फरवार्ड लुइस स्वारेजले उनीमाथि रंगभेदी टिप्पणी गरेका थिए । त्यहि घटना पनि फुटबल संघले अपशब्द बोलेमा दोषी प्रमाणित भएपछि स्वारेजमाथि ८ खेलको प्रतिबन्ध लगाएको थियो । […]

62 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्व स्टार प्याट्रिस इभ्राले लिभरपुलका जेलमा रहेका एक समर्थकले आफुलाई ज्यान मार्ने धम्की दिएको स्मरण गरेका छन् । सन् २०११ मा युनाइटेड र लिभरपुलबीचको खेलमा फरवार्ड लुइस स्वारेजले उनीमाथि रंगभेदी टिप्पणी गरेका थिए ।

त्यहि घटना पनि फुटबल संघले अपशब्द बोलेमा दोषी प्रमाणित भएपछि स्वारेजमाथि ८ खेलको प्रतिबन्ध लगाएको थियो । २०११ को अक्टुबरमा भएको त्यो खेलमा स्वारेजले रंगभेदी टिप्पणी गरेका थिए । युनाइटेडका पूर्व लेफ्ट ब्याकले लिभरपुलका समर्थकबाट धम्की आएपनि सुरक्षा गार्ड राख्नु परेको स्मरण गरेका छन् । समर्थकले जेलबाट निस्केपछि उनलाई र उनको परिवारलाई मार्ने धम्की दिएका थिए ।

मलाई दिएको धम्कीको पत्र म्यानचेस्टर युनाइटेडमा आएको थियो । त्यसमा भनिएको थियो । उनीहरु लिभरपुलका समर्थकहरु र जेलमा छन् । जति बेला बाहिर निस्कन्छन् त्यसपछि मलाई र परिवारलाई मान्ने धम्की दिएका थिए ।

इभ्राले अगाडि भने, ‘दुई महिना सम्म सुरक्षा गार्ड मसँगै रहे । म जहाँ गए सँगै हुन्थे । उनीहरु मेरो घर अगाडि सुते । जहाँ जादा पनि मलाई उनीहरुले पछयाइरहेका हुन्थे । त्यो कठिन समय थियो । म नडराएपनि मेरो परिवार (श्रीमती र दाई) डराएका थिए । मलाई थाहा थिएन किन मलाई मान्छेहरु त्यति घृष्णा गर्थे । उनीहरुले सत्य बुझेका थिएनन् ।’

घटनापछि खेलका रेफ्रीले आफुसँग कुराकानी गरेको र संयम हुन भनेको बताएका थिए । ‘रेफ्री म भएको ठाँउमा आए । उनले हाम्रो बीचमा के भएको सोधेका थिए’, उनले स्मरण गरे, ‘म ठिक छु की छैन भनेर उनले सोधे । मैले उनले मलाई रंगभेदी टिप्पणी गरेको भने । रेफ्रीले खेलपछि कुरा गरे बताए । खेल्नु र खेल अबधिमा कुनै गल्ति नगर्न सम्झाएका थिए ।’

इभ्राले खेलका दौरान आफुले आफैसँग कुरा गरेको उल्लेख गर्दै भने, ‘यदि मैले अहिले उनलाई मुक्का प्रहार गरे भने मान्छेले मलाई नै गलत सोच्ने छन् । उनले के भनेका थिए त्यो मान्छेले बिर्सनेछन् । आफैसँग भने यस्तो गर्नु हुन्छ । मैले उनलाई हात हाल्नु भनेको दुई वर्षसम्म प्रतिबन्ध पनि हुन सक्थ्यो । सबै खेल हेरिरहेका थिए ।’

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.