default_image

4 years ago

May 6, 2020

रोनाल्डोको नजरमा पेलेको कीर्तिमान

एजेन्सी – ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमानी तोडेपछि मात्र युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले सक्रिय खेल जीवनबाट सन्यास लिने योजना बनाएको हुन सक्ने म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी गेरी नेभिलले बताएका छन् । व्यावसायिक खेल जीवनमा रोनाल्डोले ७ सय २५ गोल गरिसकेका छन् । यद्दपी उनी पेलेभन्दा अझै ५ सय ५६ गोलले पछाडि छन् । पूर्व […]

61 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमानी तोडेपछि मात्र युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले सक्रिय खेल जीवनबाट सन्यास लिने योजना बनाएको हुन सक्ने म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी गेरी नेभिलले बताएका छन् ।

व्यावसायिक खेल जीवनमा रोनाल्डोले ७ सय २५ गोल गरिसकेका छन् । यद्दपी उनी पेलेभन्दा अझै ५ सय ५६ गोलले पछाडि छन् । पूर्व विश्व कप विजेता पेलेको नाममा १२ सय ८१ गोल छ । रोनाल्डो पेलेको कीर्तिमानी भन्दा निकै पछाडि छन् । पोर्चुगिज कप्तानले कीर्तिमान तोक्नका लागि आफ्नो तर्फबाट सबै कोसिस गर्ने विश्वास व्यक्त गरेका छन् ।

‘गोल प्रति उनको लगाव छ । गोलका लागि उनी हर सम्भव प्रयास गर्नेछन् । हरेक दिन त्यसका लागि उनी प्रयासरत हुन्छन् ,’ उनले भने, आफुलाई फिट राख्न पनि उनी त्यत्तिकै प्रयासरहत छन् । हरेक वर्ष उनी आफ्नो व्यवसायिक भूमिकामा अझै परिकृत भरहेका छन् ।’

रोनाल्डोले पेलेको कीर्तिमानी भंग गर्न लक्ष्य राखेको नेभिलले बताएका छन् । ‘मलाई लाग्छ उनी पेलेको कीर्तिमान तोड्न चाहन्छन् । यो उनको दिमागमा पक्कै हुनुपर्दछ । उनी फुटबलको सर्वाधिक महान खेलाडी बन्नका लागि पनि त्यो कीर्तिमान तोड्न चाहन्छन्, ‘रोनाल्डाका पूर्व सहकर्मीले भने, ‘उनी आफ्नो खेल जीवनमा उत्कृष्ट क्लबबाट खेलेका छन् । उनीले उपाधि जितेका छन् र सफल पनि छन् ।’

रोनाल्डो पेलेको कीर्तिमान तोड्न सक्छन् सक्दैन हेर्न चाख लाग्दो हुनेछ । रोनाल्डो अहिले ३५ वर्षका भएका छन् । उनले उनले फिटनेसलाई कायम राख्न सके भने ४० वर्षको उमेर सम्म खेल्न सक्नेछन् । यद्दपी त्यो कीर्तिमान तोड्न सजिाले भने छैन ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.