default_image

4 years ago

May 10, 2020

पीएसजीमै बस्ने काभनीको चाहना

एजेन्सी – उरुग्वेका फरवार्ड एडिन्सन काभनीले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मै बस्ने चाहना राखेका छन् ।  पछिल्लो समय इटालियन क्लब इन्टर मिलान र स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा जाने चर्चा चलेपनि काभनीले पीएजसीमै बसाई लम्ब्याउन चाहेका हुन् । काभनी गत जनवरीमा इंग्लिस क्लब चेल्सीमा जाने चर्चा चलेपनि उनी अन्ततः पीएसजीमा रहेका थिए […]

33 views

0 Bookmark

एजेन्सी – उरुग्वेका फरवार्ड एडिन्सन काभनीले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मै बस्ने चाहना राखेका छन् ।  पछिल्लो समय इटालियन क्लब इन्टर मिलान र स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा जाने चर्चा चलेपनि काभनीले पीएजसीमै बसाई लम्ब्याउन चाहेका हुन् ।

काभनी गत जनवरीमा इंग्लिस क्लब चेल्सीमा जाने चर्चा चलेपनि उनी अन्ततः पीएसजीमा रहेका थिए । काभनीको सम्झौता यसै समरसँगै सकिदैछ । तर, एल इक्विपका अनुसार जनवरीमा टोलीसँगै समावेश भएपछि काभनीको मन परिवर्तन भएको र पीएसजीमै सम्झौता लम्ब्याएर बस्ने मनासय बनाएको देखिन्छ ।

पीएसजीका निर्देशक लियोनार्दाेले कोरोना महामारीको कारण आर्थिक मन्दीलाई ध्यानमा राखेर काभनीलाई टोलीमै राख्ने योजना बनाइरहेको छ । क्लबले आर्थिक संकटलाई ध्यानमा राखेर आउदो समरमा खेलाडी अनुबन्धमा मोटो रकम खर्चने योजना बनाएको छैन । इन्टर मिलानबाट लोनमा खेलिरहेका अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीलाई स्थायी रुपमा अनुबन्ध गनुभन्दा पीएजसीले काभनीको सम्झौता लम्ब्याउदै ६० मिलियन पाउन्ड बचाउन सक्नेछ ।

काभनीले यो सिजन पीएसजीका लागि २२ खेलमा ७ गोल गर्नुका साथै तीन असिस्ट दिएका छन् । २०१३ को सिजन देखि पीएजसीमा रहेका ३३ वर्षे काभनीले पीएसजीका लागि ३०० खेलमा २०० गोल गरेका छन् ।

कोरोना महामारीको कारण फ्रेन्च लिग वान रद्ध भइसकेको छ । फ्रान्स सरकारले नै आगमी सेप्टेम्वरसम्म खेलकुदका कुनै गतिविधि नगर्न निर्देशन दिएपछि फ्रेन्च लिग आयोजकले दुई साताअघि शीर्षस्थानमा रहेको पीएसजीलाई लिग वानको च्याम्पियन घोषणा गरिसकेको छ ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.