default_image

4 years ago

May 11, 2020

प्रिमियर लिग सुचारु गर्न बेलायत सरकारको स्विकृती

एजेन्सी – विश्वभर फैलिरहेको कोरोना महामारीका कारण स्थगित भएको इंग्लिस प्रिमियर लिग सुचारु गर्न बेलायत सरकारले आवश्यक स्विकृती प्रदान गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले आइतबार कोरोना भाइरसका कारण लगाइएको लकडाउन सहज बनाउन प्रस्तुत योजनामा खेलकुद गतिविधि आयोजना गर्न सहज वातावरण बनाउने उल्लेख गरिएको छ । जुन १ पछि बन्द रंगशालामा टेलिभिजन प्रशारण गर्नका लागि […]

27 views

0 Bookmark

एजेन्सी – विश्वभर फैलिरहेको कोरोना महामारीका कारण स्थगित भएको इंग्लिस प्रिमियर लिग सुचारु गर्न बेलायत सरकारले आवश्यक स्विकृती प्रदान गरेको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले आइतबार कोरोना भाइरसका कारण लगाइएको लकडाउन सहज बनाउन प्रस्तुत योजनामा खेलकुद गतिविधि आयोजना गर्न सहज वातावरण बनाउने उल्लेख गरिएको छ । जुन १ पछि बन्द रंगशालामा टेलिभिजन प्रशारण गर्नका लागि खेलकुद गतिविधि गर्न पाइने सरकारले जनाएको छ । यससँगै गत मार्च १३ देखि स्थगित रहेको प्रिमियर लिग सुचारु हुने सम्भावना बढेको छ ।

प्रिमियर लिगमा अब मात्र ९२ खेल बाँकी छ । लिगको शीर्षस्थानमा लिभरपुल २५ अंकको अग्रतासहित उपाधिनजिक छ । मात्र दुई खेल जितेको खण्डमा लिभरपुल प्रिमियर लिग च्याम्पियन बन्नेछ । रेलिगेसन क्षेत्रमा भने निकै प्रतिस्पर्धा रहेका कारण घटुवा हुने टोली छिनोफानो गर्न केहि समय लाग्नेछ ।

प्रिमियर लिगका टोलीहरुले हाल व्यक्तिगत तथा सानो समूहमा प्रशिक्षण सुचारु गरिरहेका छन् । केहि दिनका नै क्लबहरुको बैठकले लिग सुचारु हुने मिति तय गरेपछि पूर्ण प्रशिक्षण सुरु गरिने बुझिएको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.