default_image

4 years ago

May 15, 2020

मन्जन किन्न जाँदा प्रशिक्षकलाई प्रतिबन्ध

एजेन्सी – क्वारेन्टिन नियम उल्लंघन गरेपछि जर्मन बुन्डेसलिगा क्लब अग्सबर्गका मुख्य प्रशिक्षक हेईको हेरलीचलाई जर्मन फुटबल लिग (डिएफएल) ले एक खेलमा निलम्बन गरेको छ ।  लिग हुने संघारमा क्वारेन्टिनको नियम तोड्दै उनी होटलबाट दन्त मन्जन किन्न बजार निस्किएको बताइएको छ । नियम तोडेको पुष्टि भएपछि डिएफएलले उनलाई लिगको पहिलो खेलमा निलम्बन गर्ने निर्णय गरेको हो […]

51 views

0 Bookmark

एजेन्सी – क्वारेन्टिन नियम उल्लंघन गरेपछि जर्मन बुन्डेसलिगा क्लब अग्सबर्गका मुख्य प्रशिक्षक हेईको हेरलीचलाई जर्मन फुटबल लिग (डिएफएल) ले एक खेलमा निलम्बन गरेको छ । 

लिग हुने संघारमा क्वारेन्टिनको नियम तोड्दै उनी होटलबाट दन्त मन्जन किन्न बजार निस्किएको बताइएको छ । नियम तोडेको पुष्टि भएपछि डिएफएलले उनलाई लिगको पहिलो खेलमा निलम्बन गर्ने निर्णय गरेको हो । हेरलीच आफैंले पनि गल्ती गरेको स्वीकार्दै सजाय मान्ने बताएका छन् ।

हेरलिचको टिमले शनिबार वल्फ्सवर्गको सामाना गर्दैछ । बायर लिभरकुसेनका पुर्व प्रशिक्षक ४८ वर्षे हेर्लिच गएको १० मार्चमा क्लबको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । घरेलु मैदानमा वल्फ्सवर्गसँग उनको पहिलो खेल थियो । अब उनले खेलअघि हुने टोलीको प्रशिक्षणमा पनि सहभागी नहुने बताएका छन् ।

‘होटल छाडेर मैले गल्ती गरेको हो । होटलबाट बाहिर निस्कने समयमा मैले सबै स्वच्छ उपाय अबलम्बन गरेका थिए । म यसलाई लुकाउन सक्दिन । यस अवस्थामा म आफ्नो टिमसँग काम गर्ने छैन । शुक्रबारको प्रशिक्षण र शनिबारको खेलमा म उपस्थित हुनेछैन,’ क्लबले जारी गरेको विज्ञप्तिमा हेरलीचले उल्लेख गरेका छन् ।

लिग सुरु हुने क्रममा हरेक क्लबले खेलाडी र स्टाफको नियमित रुपमा परिक्षण गरिरहेका छन् । हेरलीचको अब दुईपटक नतिजा नेगेटिभ आएपछि मात्र उनी टिमको प्रशिक्षणमा सहभागी हुन पाउनेछन् । अग्सबर्ग बुन्डेस लिगाको १४औं स्थानमा रहेको छ । जुन रेलिगेसन जोनमा १६औं स्थानको प्ले अफ खेल्ने भन्दा ५ अंक बढी हो ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.