default_image

4 years ago

May 15, 2020

स्वास्थ्यकर्मीलाई सहयोग गर्न केनद्वारा पूर्व क्लबलाई प्रायोजन

एजेन्सी – इंग्ल्याण्ड राष्ट्रिय टोलीका कप्तान तथा टोटेनहम हट्स्परका फरवार्ड ह्यारी केनले आफ्नो पूर्व क्लब लेटन ओरिएन्टलाई अर्को सिजन प्रायोजन गर्ने भएका छन् । केनले ओरिएन्टको होम, अवे र तेस्रो जर्सीमा रहेको विज्ञापन गर्ने स्थान खरिद गरेका हुन् । उनले ती विज्ञापन गर्ने स्थानमा मानसिक स्वास्थ्यको अस्पतालको लोगो राख्न क्लबलाई भनेका छन् । कोरोना संक्रमणको […]

51 views

0 Bookmark

एजेन्सी – इंग्ल्याण्ड राष्ट्रिय टोलीका कप्तान तथा टोटेनहम हट्स्परका फरवार्ड ह्यारी केनले आफ्नो पूर्व क्लब लेटन ओरिएन्टलाई अर्को सिजन प्रायोजन गर्ने भएका छन् ।

केनले ओरिएन्टको होम, अवे र तेस्रो जर्सीमा रहेको विज्ञापन गर्ने स्थान खरिद गरेका हुन् । उनले ती विज्ञापन गर्ने स्थानमा मानसिक स्वास्थ्यको अस्पतालको लोगो राख्न क्लबलाई भनेका छन् । कोरोना संक्रमणको अवस्थामा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई धन्यवाद दिन केनले यो कदम चालेका हुन् । सम्झौता एक सिजनलाई मान्य हुनेछ ।

केनले १७ वर्षको उमेरमा ओरिएन्टबाट खेल्दै व्यावसायिक फुटबलमा डेब्यु गरेका थिए । त्यसबेला टोटेनहमबाट लोनमा पुगेका उनले १८ खेलमा ५ गोल गरेका थिए । ओरिएन्टले बिहीबार विज्ञप्ति जारी गर्दै केनको कदमको स्वागत गरेको छ । क्लबले हरेक जर्सीबाट आउने रकमको १० प्रतिशत रकम लोगो अंकित अस्पताललाई दिइने जनाएको छ ।

केनले क्लबलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे । ‘म ओरिएन्टबाट केहि माइल जन्मे हुर्केको हुँ । मलाई व्यावसायिक फुटबलमा पहिलो खेल खेल्ने अवसर दिने क्लबलाई सहयोग गर्न पाउँदा निकै खुसी छु,’ उनले थपे, ‘ मैले यसबाट कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर लडिरहेका स्वास्थ्यकर्मीलाई पनि धन्यवाद भन्न पाएँ ।’

क्लबका प्रमुख कार्यकारी ड्यानी म्याक्लिनले केनको यो कदमलाई स्वागत गरे । ‘हामीले सरल रुपमा सुरु गरेको छलफलले निकै राम्रो नतिजा दिएको छ । हामी स्वास्थ्यकर्मीलाई धन्यवाद दिने कसरी भन्ने सोचिरहेका थियौं । केनको यो कदमले सबैको ध्यान आकर्षण पनि गर्नेछ र हामीले स्वास्थ्य क्षेत्रमा केहि योगदान पनि दिन सक्नेछौं,’ उनले भने ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.