default_image

4 years ago

May 15, 2020

‘मेस्सी र रोनाल्डोभन्दा मै उत्कृष्ट थिएँ’

एजेन्सी – ब्राजिलको राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी एडीलसनले आफू क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीभन्दा उत्कृष्ट रहेको दावी गरेका छन् । ब्राजिलका लागि २१ खेल खेल्दै ६ गोल गरेका एडिलसनको क्लब करीअर ब्राजिलियन लिगमा नै सिमित रहेको थियो । उनले पाल्मेरस, कोरिन्थियन्स र फ्लामेंगोबाट व्यावसायिक फुटबल खेलेका थिए । सन् २००२ मा जापान र कोरियामा […]

37 views

0 Bookmark

एजेन्सी – ब्राजिलको राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी एडीलसनले आफू क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीभन्दा उत्कृष्ट रहेको दावी गरेका छन् ।

ब्राजिलका लागि २१ खेल खेल्दै ६ गोल गरेका एडिलसनको क्लब करीअर ब्राजिलियन लिगमा नै सिमित रहेको थियो । उनले पाल्मेरस, कोरिन्थियन्स र फ्लामेंगोबाट व्यावसायिक फुटबल खेलेका थिए । सन् २००२ मा जापान र कोरियामा आयोजित विश्वकप जित्दा उनी ब्राजिलियन टोलीमा रहेका थिए ।

आफ्नो करीअरमा युरोपेली फुटबलको कुनै क्लबबाट नखेलेका उनले विश्वकप विजेताको मेडल भएकै कारण आफू मेस्सी र रोनाल्डोभन्दा उत्कृष्ट रहेको बताए । ‘मैले आफ्नो उच्च विन्दुमा हुँदा नेयमारभन्दा राम्रो खेल्थें । उनले यदि मभन्दा राम्रो छु भनेर प्रमाणित गर्ने हो भने विश्वकप जित्नुपर्छ,’ एडीलसनले मेट्रोसँग भने ।

‘मसँग पनि खेल मैदानमा शालीनता थियो, त्यसैले मेस्सीले यदि मभन्दा राम्रो छु भन्ने हो भने विश्वकप जित्नुपर्छ । रोनाल्डोमा मात्र शारीरिक शक्ति र दुवै खुट्टाले बल प्रहार गर्न सक्ने क्षमता भएको हो, उनीभन्दा म बढी प्राविधिक रुपमा निपुण थिएँ ।’

एडीलसनले विश्वकप नै फुटबलको सबैभन्दा ठूलो उपाधि रहेको र यसलाई नजिती आफूलाई उत्कृष्ट दावी गर्न नसकिने बताए । एडीलसनले विश्वकपको सेमिफाइनलमा सुरुवाती रोजाईमा खेलेका थिए । उनले त्यसअघि क्वाटरफाइनल र समुह चरणका दुई खेलमा बेन्चबाट मैदान छिरेका थिए ।

May 4, 2024

आर्सनलद्वारा बर्नमाउथ पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टोली आर्सनलले बर्नमाउथलाई पराजित गरेको छ । शनिबार भएको दिनको पहिलो खेलमा आर्सनल ३-० ले विजयी भएको हो । आक्रामक खेल प्रदर्शन गरेतापनि आर्सनलले अग्रता लिन पहिलो हाफको अन्त्य कुर्नु परेको थियो । बर्नमाउथका गोलरक्षक मार्क ट्राभर्सले काई हाभर्ट्ज माथि फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै बुकायो […]

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

Success

Thank you for your time.