default_image

4 years ago

May 17, 2020

फ्रन्कफर्टलाई हराउदै मोच्नेनग्लाडवाच तेस्रो स्थानमा उक्लियो

एजेन्सी – दुई महिना भन्दा बढी समयपछि शुरु भएको जर्मन बुन्डेस लिगामा बोरुसिया मोन्चनेग्लाडवाचले सहज जित हात पारेको छ । मोन्चेनग्लाडवाचले घरेलु टोली फ्रन्कफर्टमाथि ३–१ को सहज जित हात पारेको हो ।    कमर्जबैंक एरिना फ्रन्कफर्टमा शनिबार राति भएको खेलमा बोरुसियाको जितमा एलासेन प्लि, मार्कुस थुराम र रामी विन्सेबैनीले गोल गरे । फ्रन्कफर्टका आन्द्रे सिल्भाले […]

35 views

0 Bookmark

एजेन्सी – दुई महिना भन्दा बढी समयपछि शुरु भएको जर्मन बुन्डेस लिगामा बोरुसिया मोन्चनेग्लाडवाचले सहज जित हात पारेको छ । मोन्चेनग्लाडवाचले घरेलु टोली फ्रन्कफर्टमाथि ३–१ को सहज जित हात पारेको हो । 

 

कमर्जबैंक एरिना फ्रन्कफर्टमा शनिबार राति भएको खेलमा बोरुसियाको जितमा एलासेन प्लि, मार्कुस थुराम र रामी विन्सेबैनीले गोल गरे । फ्रन्कफर्टका आन्द्रे सिल्भाले सान्त्वना गोल फर्काए । खेलको पहिलो मिनेटमा नै जोनस होफमनको पासमा एलासेनले गोल गर्दै बोरुसियालाई शुरुवाती अग्रता दिलाएका थिए । सातौ मिनेटमा मार्कुसले रामीको पासमा गोल गर्दै मोन्चेनग्लाडवाचको अग्रता दोब्बर पारे ।

७३औं मिनेटमा रामीले गोल गर्दै मोन्चेनग्लाडवाचलाई ३–० को अग्रता दिलाए । ८१औं मिनेटमा घरेलु टोलीका आन्द्रे सिल्भाले गाल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएपनि हार टार्न नसक्दा मोन्चेनग्लाडवाच ३–१ ले विजयी हुन सफल भयो । जितपछि मोन्चेनग्लाडवाच आरबी लाइप्जिगलाई पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको छ । मोच्नेनग्लाडवाचको ५२ तथा लाइप्जिगको ५१ अंक छ । फ्रन्कफर्ट २८ अंक जोडेर १३औं स्थानमा छ ।

विश्वव्यापी बनेको कोरोना भाइरस कोभिड–१९ का कारण गएको मार्चको दोस्रो सातादेखि विश्व खेलकुद ठप्प हुदा बुन्डेस लिगा पनि प्रभावित बनेको थियो । युरोपको घरेलु लिगमा बुन्डेस लिगा कोरोनापछि सुचारु हुने पहिलो चर्चित लिग बनेको छ । फ्रेन्च लिग वान, बेल्जियम लिग, डच लिग स्थगित भइसकेका छन् । स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग र इटालियन सिरी ‘ए’ शुरु हुने योजनामा छ ।

अन्य नतिजा

डर्टमन्डविरुद्ध साल्के (–०)

अग्सवर्गविरुद्ध वल्सवर्ग (१–)

डुसेलडर्फविरुद्ध पाडेरवर्न (०–०)

आरबी लाइप्जिगविरुद्ध फ्रेइवर्ग (१–१)

होफेनहाइनविरुद्ध हर्था बर्लिन (०–)

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.