default_image

4 years ago

May 22, 2020

आफूलाई टोकेकोमा किएलिनी गरे सुआरेजको प्रशंसा

एजेन्सी – इटालियन राष्ट्रिय फुटबल टोलीका डिफेन्डर जिओर्जियो किएलिनीले फिफा विशवक २०१४ दौरान उरुग्वेका फरवार्ड लुइस सुआरेजले आफूलाई टोकेकोमा प्रशंसा गरेका छन् । सुआरेजले खेलका दौरान नै किएलिनीलाई टोकेपनि रेफ्रीले नदेखेका कारण कार्ड पाएका थिएनन् । त्यसपछि भने सुआरेज चार महिना प्रतिबन्धसहित ९ अन्तर्राष्ट्रिय खेलमा निलम्बन भएका थिए । उक्त घटनामा सुआरेजले टोकेका डिफेन्डर किएलिनीले […]

37 views

0 Bookmark

एजेन्सी – इटालियन राष्ट्रिय फुटबल टोलीका डिफेन्डर जिओर्जियो किएलिनीले फिफा विशवक २०१४ दौरान उरुग्वेका फरवार्ड लुइस सुआरेजले आफूलाई टोकेकोमा प्रशंसा गरेका छन् ।

सुआरेजले खेलका दौरान नै किएलिनीलाई टोकेपनि रेफ्रीले नदेखेका कारण कार्ड पाएका थिएनन् । त्यसपछि भने सुआरेज चार महिना प्रतिबन्धसहित ९ अन्तर्राष्ट्रिय खेलमा निलम्बन भएका थिए । उक्त घटनामा सुआरेजले टोकेका डिफेन्डर किएलिनीले भने सुआरेजको उक्त व्यवहारको प्रशंसा गरेका छन् ।

‘फुटबलमा कोहि आक्रामक हुनु स्वभाविक हो, तर त्यसो गर्नुपर्छ भन्ने होइन । आफ्नो विपक्षीलाई पछि पार्न दिमाग लगाउनुपर्छ । सुआरेजले त्यसबेला हामीलाई उत्तेजित पार्न त्यसो गरे,’ युभेन्टसका कप्तान समेत रहेका किएलिनीले आत्मकथामा लेखेका छन्, ‘त्यसो हर्कत नगरे उनी र अन्य फरवार्डमा केहि भिन्नता हुँदैन ।’

उक्त घटना भएको समय खेल गोलरहित बराबरीमा चलेको थियो । तर खेलको अन्तिम समयमा गोल गर्दै उरुग्वेले १-० को जित दर्ता गर्यो । त्यसै जितले उरुग्वेले इटालीभन्दा माथि रहेर अन्तिम १६ मा स्थान पक्का गरेको थियो ।

किएलिनीले उक्त हार र चोटका बाबजुद पनि सुआरेजजस्ता फरवार्डविरुद्ध खेल्न मनपर्ने बताए । ‘ मैले उक्त खेलमा अधिकांश समय काभानीलाई मार्क गरेको थिएँ । काभानी पनि उत्कृष्ट मध्यका फरवार्ड हुन् जसलाई मार्क गर्न कठिन हुन्छ,’ उनले थपे ।

‘एकछिनमा मैले आफ्नो पाखुरामाथि टोकेको थाहा पाएँ । डिफेन्ड गर्ने क्रममा हातले ठेलेको जस्तो लाग्थ्यो एक्कासी त्यस्तो भयो, सायद उनले त्यहि सोचेर गरेका थिए । म र उन्म उस्तै स्वभाव छ होला, म पनि त्यस्ता फरवार्डको सामना गर्न मन पराउँछु ।’

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.