default_image

4 years ago

May 23, 2020

‘अग्रता लिएपनि सिटीले रियललाई कमजोर आँक्दैन’

एजेन्सी – म्यानचेस्टर सिटीका पोर्चुगिज मिडफिल्डर बर्नार्डो सिल्भाले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा अग्रता लिएपनि आफ्नो क्लबले रियल म्याड्रिडलाई कमजोर नआँक्ने बताएका छन् । स्पेनिस पत्रिका एएससँग कुराकानीका क्रममा सिल्भाले रियलको मैदानमा हासिल गरेको जित र दोस्रो खेलको बारेमा चर्चा गरेका छन् । फ्रान्सेली क्लब एएस मोनाकोबाट म्यानचेस्टर सिटी आएका […]

46 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीका पोर्चुगिज मिडफिल्डर बर्नार्डो सिल्भाले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा अग्रता लिएपनि आफ्नो क्लबले रियल म्याड्रिडलाई कमजोर नआँक्ने बताएका छन् ।

स्पेनिस पत्रिका एएससँग कुराकानीका क्रममा सिल्भाले रियलको मैदानमा हासिल गरेको जित र दोस्रो खेलको बारेमा चर्चा गरेका छन् । फ्रान्सेली क्लब एएस मोनाकोबाट म्यानचेस्टर सिटी आएका उनले पछिल्लो समय पेप गुआर्डीओलाको टोलीमा निकै प्रभाव छाडेका छन् । हाल कोरोनाका कारण खेल स्थगित भएपनि रियलको सामना गर्न टोलीले निकै मिहिनेत गर्नुपर्ने उनले बताए ।

‘ पछिल्लो पटक मैदानमा फुटबल रियलसँग नै खेलेका थियौं होला । मेरो जीवनमा कहिल्यैपनि तीन महिना फुटबल नखेली बिताएको छैन । म भाग्यमानी छु की कहिल्यै ठूलो चोटको सामना गर्नु परेन । तीन महिना फुटबल नखेली बिताउनु नयाँ कुरा हो । मैले पछिल्लो खेल को सँग खेलेको नि बिर्सिने अवस्था छ । एकदम मैदानमा जान मन लागेको छ ।’

‘रियलविरुद्ध खेल अझैपनि खुल्ला छ । रियल जस्तो टोलीसँग खेल्दा केहि पनि यकिन भन्न सकिंदैन । हामीले पछिल्ला वर्षहरुमा पनि दोस्रो खेलमा नतिजा बदलिएको देखेका छौं । बार्सिलोनाले पहिलो लेग ३-० जितेर दोस्रो लेगमा ४-० को हार बेहोरेको पनि धेरै भएको छैन ।’

‘अहिले नै केहि भन्न सकिन्न । पहिलो लेगको नतिजा हाम्रो लागि राम्रो थियो । हामी क्वाटरफाइनलमा पुग्ने बलियो स्थितिमा छौं । तर दोस्रो लेग सहज हुने छैन । हामीले पूरा ध्यान खेलमा दिएर राम्रो प्रदर्शन गर्न एकदम जरुरि छ ।’

‘ हामीले पछिल्लो तीन वर्षमा इंग्ल्यान्डमा जित्न बाँकी कुनै प्रतियोगिता छैन । प्रिमियर लिग, एफए कप, लिग कप लगायत कम्युनिटी सिल्ड पनि जितिसकेका छौं । अब क्लबको एकमात्र लक्ष्य च्याम्पियन्स लिग जित्नु हो । प्रशिक्षक पेपको पनि यहि लक्ष्य छ । हामीलाई थाहा छ यो सहज लक्ष्य होइन, तर हामी यसका लागि लड्न तयार छौं ।’

‘हामीले विपक्षी टोलीलाई कहिल्यै कमजोर आँकेका छैनौँ । अझ रियल म्याड्रिड, जसले १३ पटक उपाधि जितेको छ । रियल म्याड्रिडका खेलाडीजति अनुभव च्याम्पियन्स लिगमा अरुको सायदै होला । हामीले अहिले नै खेल जित्यौं भनेर सोच्नु गलत हुनेछ ।’

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.