default_image

6 years ago

May 24, 2020

सम्मान नहुने ठाँउमा नबस्न बेललाई सल्लाह

146 views

0 Bookmark

एजेन्सी – वेल्स विंगर ग्यारेथ बेललाई रियल म्याड्रिडमा आफ्नो सम्मान हुँदैन लाग्छ भने क्लब छाड्न उपयुक्त हुने म्यानचेस्टर युनाइटेड तथा टोटेनहम हट्स्परका पूर्व फरवार्ड डिमिटार बर्बाटोभले बताएका छन् । बर्बाटोभले बेलको क्षमता र योगदानका लागि रियलमा सम्मान पाउनुपर्ने तर्क गरेका छन् ।

‘रियलमा उनको प्रदर्शन र गोल साच्चै प्रभावशाली छन् । त्यसमा पनि केहि गोल अविश्वसनिय नै छन् , जुन औसतको खेलाडीले गर्न सक्दैन,’ बेर्बाटोभले भने, ‘उनले लिभरपुलविरुद्ध च्याम्पियन्स लिग फाइनलमा गरेको गोल हेरौं । उनको स्तर त्यहिबाट थाहा हुन्छ ।’

सम्मान नभएको ठाँउमा भने बस्ने उपयुक्त नहुने बेर्बाटोभले बताएका छन् । अर्को सिजन बेल प्रिमियर लिग टोली न्युक्यासल जाने सम्भावना रहेको बताइएको छ । तर, बेर्बाटोभ भने केहि शर्तमा मात्र ३० वर्षे बेल न्युक्यासल जानु उपयुक्त रहेको बताउँछन् ।

‘सम्मानका साथ भन्छु रियल र न्युक्यासलको तुलना हुन सक्दैन । यदि न्युक्यासल उनलाई लिन चाहन्छ भने टोलीमा देखिने गरि केहि हुनुपर्छ । यदि न्युक्यालले मारिसियो पोचेटिनोलाई प्रशिक्षकका रुपमा भित्राउँछ भने त्यो राम्रो सुरुवात हुनेछ ,’ उनले जोड दिदै भने,’ त्योसँगै अन्य कुन खेलाडी लिने योजना छ त्यो पनि बताउनु उपयुक्त हुन्छ । त्यो सबै अवस्थामा उनी जान सक्छन् । तर मलाई लाग्छ उनी रियलमै बस्नेछन् ।’

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.