6 years ago
May 25, 2020
एजेन्सी – इटालियन क्लब इन्टर मिलानले उरुग्वे तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का भेट्रान फरवार्ड एडिन्सन काभानीलाई तीन बर्ष अनुबन्धको प्रस्ताव राख्ने तयारी गरेको छ ।

कभानीलाई प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड, न्यु क्यासल युनाइटेड र स्पेनिस क्लब एट्लेटिको मड्रिडले अनुबन्ध गर्ने योजना बनाइरहेका छन् । तर, इन्टर काभानी अनुबन्ध दौडमा अगाडी देखिएको छ । काभानीको पीएसजीसँगको सम्झौता जुनमा सकिदैछ ।
इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेले काभानीलाई आकर्षक मुल्यमा ३३ बर्षका फरवार्डलाई तीन वर्षको अनुबन्धन प्रस्ताव पेश गर्न लागेको बुझिएको छ । काभनी २०१३ मा इटालियन क्लब नेपोलीबाट पीएसजी पुगेका थिए ।
यस्तै अर्काे सिजनबाट आक्रमक रुपमा आउने तयारी गरिरहेको न्यु क्यासलले काभानीलाई आकर्षक प्रस्ताव लैजाने योजना अघि सारेको छ । तर, काभानीले च्याम्पियन्स लिग खेल्ने टोलीमै अनुबन्ध हुन सक्नेछन् । काभनी जनवरीमै लण्डन क्लब चेल्सीसँग जोडिएका थिए ।
काभानी पीएसजीसँग सम्झौता नविकरणमा इच्छुक देखिएपनि क्लबबाट खासै आकर्षक प्रस्ताव नआएपछि काभानीले नयाँ गन्तव्य खोजिरहेका छन् । उरुग्वेका फरवार्डले सबै प्रतियोगितामा यस सिजन ७ गोल गर्नुका साथै ३ गोलको अवसर सिर्जना गरेका छन् । उनले पीएजीका लागि ३०० खेलमा २०० गोल पुरा गरेका छन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]