default_image

6 years ago

May 24, 2020

घरेलु मैदानमै साल्केको लज्जास्पद हार

130 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेस लिगामा साल्केले घरेलु मैद्यानमै अग्सवर्गसँग लज्जास्पद हार बेहोरेको छ । साल्केले अग्सवर्गसँग ३–० को लज्जास्पद हार बेहोरेको हो ।

भेल्टिन एरिनामा आइतबार साँझ भएको खेलमा घरेलु टोलीलाई लज्जास्पद हार चखाउन अग्सवर्गका इडुआर्ड लोवेन, नोअ जोएल सारेननेर वाजी र सर्जियो कोर्डाेभाले गोल गरे ।

कोरोना पछि साल्केको यो लगातार दोस्रो हार हो । साल्के यसअघि बोरुसिया डर्टमन्डसँग ४–० ले पराजित भएको थियो । अग्सवर्गको भने पहिलो जित हो । यसअघि अग्सवर्ग वल्फ्सवर्गसँग २–१ ले पराजित भएको थियो ।

खेलको छैटौं मिनेटमा नै लोवेनको गोलबाट पाहुना टोली खेलमा अग्रता लिन सफल भएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको अग्सवर्गले दोस्रो हाफमा थप दुई गोल गर्दै महत्वपुर्ण ३ अंक जोड्न सफल भयो ।  ७६औं मिनेटमा नोअ जोएलले तथा इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा कोर्डाेभाले गोल गर्दै अग्सवर्गलाई ३–० को जित दिलाए ।

जितसँगै अग्सवर्ग २७ खेलबाट ३० अंक जोडेर १२औं स्थानमा उक्लिएको छ । पराजित साल्के ३७ अंकसहित आठौं स्थानमा यथावत छ ।
बुन्डेस लिगामा बायर्न म्युनिख (६१) शीर्षस्थानमा तथा बोरुसिया डर्टमन्ड (५७) दोस्रो स्थानमा रहेका छन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.