default_image

6 years ago

May 24, 2020

वेर्नरको ह्याट्रिकमा लाइप्जिगको सानदार जित

191 views

0 Bookmark

एजेन्सी – टिमो वेर्नरको ह्याट्रिक सहयोगमा आरबी लाइप्जिगले जर्मन बुन्डेस लिगामा सानदार जित निकालेको छ । लाइप्जिगले घरेलु टोली मेइनजमाथि ५–० को सानदार जित निकालेको हो । 

लाइप्जिगको सानदार जितमा टिमो वेर्नरले ह्याट्रिक पुरा गर्दा युसुफ पउलसेन र मार्सेल सवित्जेरले समान १ गोल गरे ।मेइनजमा भएको खेलमा लाइप्जिगले खेलको ११औं मिनेटमा टिमो वेर्नरले कोनराड लेइमेरको पासमा गोल गरेपछि खेलमा गोलको खाता खोलेको थियो । २३औं मिनेटमा युसुफ पउलसेनकले सवित्जेरको पासमा गोल गरेपछि लाइप्जिगले खेलमा अग्रता दोब्बर बनायो ।

३६औं मिनेटमा युसुफको पासमा सवित्जेरले गोल गरेपछि लाइप्जिगले पहिलो हाफमा ३–० को अग्रता आरामदायी अग्रता लिन सफल भयो । ४८औं मिनेटमा वेर्नरले केभिनको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि लाइप्जिग फराकिलो जिततर्फ अग्रसर बन्यो । ७५औं मिनेटमा वेर्नरले युसुफको पासमा ह्याट्रिक पुरा गर्दै लाइप्जिगलाई ५–० को सानदार जित दिलाए ।

जितसँगै लाइप्जिग २७ खेलबाट ५४ अंक जोडेर तेस्रो स्थानमा उक्लन सफल भएको छ । लाइप्जिगले बायर लिभरकुसेनलाई १ अंकले पछि पारेको हो । पराजित मेइन्ज २७ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान मात्रै माथि छ । तर, यो स्थानको टोलीले रेलिगेसन बच्नको लागि प्ले अफ खेल्नुपर्ने हुन्छ । बुन्डेस लिगामा बायर्न म्युनिख (६१) शीर्षस्थानमा तथा बोरुसिया डर्टमन्ड (५७) दोस्रो स्थानमा रहेका छन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.