default_image

6 years ago

May 25, 2020

डर्बी खेलबाट ला लिगा फर्काउने तयारी

143 views

0 Bookmark

एजेन्सी – ला लिगाका अध्यक्ष जेभियर टेवासले रियल बेटिस र सेभियाबीचको डर्बी खेलबाट कोरोना महामारीका झन्डै तीन महिनादेखि स्थगित स्पेनिस ला लिगा सुचारु गराउने तयारी भएको बताएका छन् । 

अध्यक्ष टेवासले सेभिया र रियल बेटिसबीचको खेल ११ जुनमा हुनेमा आशावादी रहेको बताएका छन् । ‘यस्तो सम्भावना छ, ११ जुनमा खेल हुनेछ । त्यही एक खेल हो । त्यहाँ कोरोनाबाट ज्यान गुमाएका सबै व्यक्तिलाई श्रद्धान्जली दिइनेछ,’ अध्यक्ष टेवासले स्पेनी टेलिभिजन नेटवर्क मुभिस्टारसँगको अन्तर्वातामा भने । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ८ जुनबाट ला लिगा गराउन अनुमति दिएका थिए ।

‘म आशा गर्छु कि त्यो मिति निश्चय हुनेछ । हामी चहान्छौं कि त्यो डर्वी खेल राति १० बजे हुनेछ । जर्मनी र पोर्चुगलमा दर्शकविना खेल भइरहेको छ । हामी फुटबल फर्काउन चहान्छौं,’ अध्यक्ष टेवासले भने, ‘हामी लक्ष्य नजिक छौं । टिमहरुले विशेष सावधानी अपनाएर अहिले १० जनासम्मले सामुहिक प्रशिक्षण गरिरहेका छन् । यो खुसीको कुरा हो । अब हामी रोकिएको लिग सुचारु गर्न सक्छौैं ।’

स्पेनमा मार्च १२ देखि सबै खेलकुद गतिविधि ठप्प छ । झन्डै दुई साता अघिदेखि स्पेनका शीर्ष डिभिजनका दुई लिगका क्लबहरुले कम्तीमा पनि १० जनाको समुह बनाएर प्रशिक्षण शुरु गरिसकेका छन् । आज (सोमबार) देखि १५ जना सम्मलाई सामुहिक प्रशिक्षण गर्न पाउनेछन् ।

‘हाम्रो अहिलेको मुख्य लक्ष्य ला लिगा फर्काउनु हो । त्यो प्राप्ति नजिकै छौं । हामीले अहिले सुरुवाती चार राउन्डको खेल तालिका सार्वजनिक गर्नेछौं । त्यसपछि बाँकी राउन्डका खेल तालिका सार्वजनिक हुनेछ,’ अध्यक्ष टेवासले थपे ।

ला लिगाको ११ चरणको खेल बाँकी रहँदा साविक विजेता बार्सिलोना ५८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान खेलबाटै रियल म्याड्रिड ५६ अंक जोडेर बार्सिलोनालाई पछ्याइरहेको छ । स्पेन कोरोनाबाट बढी प्रभावित हुने देशमध्ये एक हो । स्पेनमा २ लाख ३५ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिँदा २८ हजार बढिले ज्यान गुमाएका छन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.