default_image

6 years ago

May 25, 2020

निलम्बनविरुद्ध ललितपुर एन्फा अध्यक्ष थापाको अपिल

210 views

0 Bookmark

काठमाठौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफुमाथि गरेको निलम्बनविरुद्ध एन्फा ललिपुरका अध्यक्ष पुरुषोत्तम थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाकै अपिल कमिटीमा निवदेन दर्ता गराएका छन् ।

स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै एन्फाले जेठ ५ गते थापालाई एन्फाको साधारण सभा सम्मका लागि निलम्बन गरेको थियो । थापाले एन्फा विधान विपरित निलम्बन गरिएकोले त्यो फिर्ता गर्न मात्र नभई आफुलाई पत्र काट्ने एन्फा महासचिव इन्द्रमान तुलाधरलाई कारवाही गर्न समेत माग गरेका छन् ।

थापाले राखेप, एन्फा अपिल कमिटीलाई दिएकै बेहोरोको निवदेन विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) मा पनि पठाएको बताएका छन् । वैशाख २२ गते एन्फा दिवसका दिन वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले ए, बी र सी डिभिजन क्लबका पदाधिकारी रहेकोे भाइबर समूहमा दिएको शुभकामनामा थापाले ‘आज एन्फा डे होइन चोरहरुको श्री गणेश डे हो’ भनेर प्रतिक्रिया दिएका थिए ।

त्यसपछि एन्फाले संस्थागत मर्यादा र हित विपरित जवाफ दिएको भन्दै थापालाई ४८ घन्टा भित्र जवाफ दिन भन्दै वैशाख २४ गते स्पष्टिकरण सोधेको थियो । दुई दिनभित्रै अध्यक्ष थापाले ‘प्रतिशोधले त्यो शब्द प्रयोग नगरेको, कसैलाई इंगित नगरेको र कसैलाई चोट वा हानी पुर्याए क्षमा मागेको’ उल्लेख गर्दै जवाफ दिएका थिए ।

उनले सोही स्पष्टिकरणमा वैशाख २२ गते एन्फा डे मनाउनु पर्ने कारण पनि सोधेका थिए । उनले सोही पत्रमा एन्फा फिफा वा एएफसीमा दर्ता भएको दिन अथवा सन् १९९४ मा आयोजना भएको पहिलो दक्षिण एसियाली खेकलदु (साग)मा नेपालले फुटबलमा स्वर्ण पदक जितेको दिनलाई एन्फा डेका रुपमा मान्न सुझाव समेत दिएका थिए ।

सो स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै एन्फाको सचिवालय बैठकले थापालाई अर्को साधारण सभासम्मका लागि निलम्बन गरेको पत्र पठाएको थियो । एन्फाको वर्तमान कार्यसमितिले निर्वाचित भएकै दिन वैशाख २२ गतेलाई एन्फा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । गत वर्ष आयोजना भएपनि यो वर्ष कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्न सरकारले लकडाउन गरेकाले एन्फा डे नगरिएको एन्फाले बताएको थियो ।

ललितपुर एन्फाका महासचिव शिशिरविक्रम हमालले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पत्र लेख्दै आफ्ना अध्यक्ष थापामाथिको कारवाहीप्रति खेद प्रकट गर्दै विधान विपरितको कदम फिर्ता लिन आग्रह गरेका छन् । ‘राखेपसहित, फिफा, एएफसी र एन्फाको अपिल कमिटिमा पत्र पठाएका छौं । जिल्ला संघले अलग्गै पत्र पनि बुझाएको छ’, एन्फा ललितपुरका अध्यक्ष थापाले भने, ‘राखेपमा जादा सदस्य सचिव रमेश कुमार सिलवाल मन्त्रालयमा रहेका कारण उहाँकै अनुरोधमा प्रशासन प्रमुख कुल बहादुर थापालाई पत्र छाडेको छु । सुनुवाई पक्कै हुनेछ ।’

थापाले आफुले एन्फाका गलत कामको विरोध गर्दै आएका कारण पुर्वाग्रही भएर कारवाही गरेको आरोप लगाउँदै आएका छन् । ‘एन्फाको सबै कार्यक्रममा हामी अघि छौं । सबै काम नियमित रुपमा निर्धारित समयमा नै सम्पन्न गरिरहेका छौं , बी डिभिजन क्लब झम्सिखेल युथ क्लबका कोषाध्यक्ष तथा प्रशिक्षकसमेत रहेका थापाले भने , ‘तर, फरक प्यानल र एन्फाका केही असन्तुष्ट विषयहरुमा खुलेर बोल्दा कारवाही गरिएको जस्तो लाग्छ । नत्र विधानमै नभएको कारवाही कसरी हुन सक्छ ।’

एन्फाले विधानको धारा ३ को उपधारा २ र धारा १४ को उपधारा १ ९क० बमोजिम दायित्वको पालना नगरी जानी जानी नियतपुर्वक आफ्नो पुर्ववत जवाफ दिएको भन्दै निलम्बन गरेको प्रष्ट पारेको छ । दुई वर्षअघिको भएको एन्फा कार्यसमितिको निर्वाचनमा थापा नेतृत्वको ललितपुरसहित काठमाडौं, भक्तपुर र धादिङ जिल्ला फुटबल संघले मणि कुँवर पक्षलाई साथ दिएको थियो ।

चुनावपछि पनि यी चार जिल्लाले एन्फामा आर्थिक अनियमितता भएको, विधि–विधानअनुसार कार्यसञ्चालन नभएको भन्दै विरोध गरिरहेको छ । यद्दपी त्यो समितिले उजुरीमा आरोपको आधार नपुगेको भन्दै अख्तियार दुरुपोग अनुसन्धान आयोगले मुद्दा गर्दा गर्न अस्वीकार गरेको थियो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.