6 years ago
May 25, 2020
प्रकाश तिमल्सिना, काठमाडौं
राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी रञ्जित श्रेष्ठ कोरोना भाइरसबाट मुक्त भएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका रञ्जितको लगातार दोस्रो टेष्ट नेगेटिभ आएको सोमबार हाम्रो खेलकुद डट कमलाई जानकारी दिए । अघिल्लो साता गरिएको उनको तेस्रो टेष्ट नेगेटिभ आएको थियो ।

उनको सुरुका दुई टेष्ट पोजेटिभ आएको थियो भने पछिल्ला दुई टेष्ट लगातार नेगेटिभ आएको हो । झन्डै तीन साता अघि उनलाई कारोना पोजेटिभ देखिएपछि उनी आइसोलेसनमा बसेका थिए । उनलाई कम्पनीले नै आइसोलेसनमा राखेको थियो । अहिले भने आफु बस्ने गरेको ठाँउमा फर्केको रञ्जितले बताएका छन् ।
‘तेस्रो रिपोर्टप पनि नेगेटिभ आएको थियो । त्यसपछि फेरि टेष्ट भएको थियो’ उनले भने,’ दुबई हेल्थ अथोरिटी अर्को टेष्ट पनि नेगेटिभ आएको जानकारी गराएपछि म आफु बस्ने ठाँउमा फर्केको छु ।’
उनले कोरोना संक्रमणपछि भनेका थिए ‘पाठ जस्तो भएको छ । अलिक माइन्ड फ्रेस पनि भयो । आफ्नो स्वास्थाको बारे थाहा भयो,उनले भने, तातो पानी कति महत्वपूर्ण हुन्छ भन्ने यो पटक झन बुझे । ब्यालेन्स डाइट । टाइमिङको ख्याल भयो । एक दुई दिन अलि कमजोर जस्तो अनुभव गरे । अरु सामान्य रह्यो ।’ उनी दुबईमा फेडक्सको एरपोर्ट अफिसमा काम गर्दै आएका छन् ।

रञ्जित अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको तेस्रो ब्याचका खेलाडी हुन् । सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाली टोलीमा रहेका रञ्जित राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जन, त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासका समकालिन हुन् ।
फ्रेन्ड्स क्लब र एनआरटीबाट व्यवासयिक फुटबल खेलेका रञ्जित नेपाली यू १६ का पूर्व कप्तान हुन् । उनको भाई रुपक श्रेष्ठ पनि सोही व्याचका खेलाडी हुन् । रञ्जित केहि वर्ष दक्षिण कोरियामा पनि बसेका थिए ।

December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]