default_image

8 years ago

August 10, 2016

एनआरटी सेमिफाइलनमा

काठमाण्डौको एनआरटी क्लब चौथो नेपाल कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चितवनको क्याम्पाचौरमा भएको प्रतियोगितामा स्थानिय नारायणगढ फुटबल क्लबलाई २ – ० गोल अन्तरले पराजित गर्दै एनआरटीले सेमिमा  स्थान बनाएको हो । विजयी टिमका लागि दुवै गोल विश्व गुरुङ्गले गरेका थिए । गुरुङ्गले पहिलो हाफको २७ औ मिनटमा रितेश मल्लले राईट कर्नरबाट गरेको […]

31 views

0 Bookmark

काठमाण्डौको एनआरटी क्लब चौथो नेपाल कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

????????????????????????????????????

चितवनको क्याम्पाचौरमा भएको प्रतियोगितामा स्थानिय नारायणगढ फुटबल क्लबलाई २ – ० गोल अन्तरले पराजित गर्दै एनआरटीले सेमिमा  स्थान बनाएको हो । विजयी टिमका लागि दुवै गोल विश्व गुरुङ्गले गरेका थिए । गुरुङ्गले पहिलो हाफको २७ औ मिनटमा रितेश मल्लले राईट कर्नरबाट गरेको क्रसलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यस्तै उनले दोश्रो हाफको दोश्रो मिनटमा अर्को गोल गर्दै टोलीलाई जित दिलाउन सफल भए ।

स्पोर्टस् फर अल नेपालको आयोजनामा भएको प्रतियोगिताको पहिलो खेलमा काठमाण्डौकै ब्वाईज युनियनले भरतपुर फुटबल क्लबमाथी टाईब्रेकरको सहायताले ४–१ गोल अन्तरले पराजित ग¥यो । निर्धारित ९० मिनटको समय सम्म दुवै टोलीबाट समान ३–३ गोल भई बरावरीमा खेल समाप्त भए पछि खेलको छिनोफानो टाईब्रेकरबाट गरिएको थियो । टाईब्रेकरमा ब्वाईज युनियनका लागि जिम्मि, एसेस, सुजन पुन र केटाले गोल गरेका थिए भने भरतपुरका लगि सेगुनले मात्र गोल गरेका थिए । लवल र अभिषेक रिजालको बल गोल बारमा लागेर बाहिरेको थियो ।

निर्धारित समयको खेलमा पहिलो हाफको २१ औं मिनटमा जनक कार्कीले प्रहार गरेको बललाई बाबु बानियाले हेड मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेको अवस्थामा ब्वाईज युनियनको लागि पहिलो हाफको २७ औं मिनटमा केटाले गोल गर्दै खेललाई बरावरीमा ल्याए । निकैनै प्रतिस्पर्धात्मक भएको खेलमा भरतपुरका लागि पहिलो हाफको २९ औं मिनटमा ३५ यार्ड टाढाबाट फाउलमा पाएको फ्रि किकलाई सदुपयोग गर्दै लावलले पुन टोलीलाई २–१ गोल अन्तरमा पु¥याए । खेललाई बराबरीमा पु¥याउने क्रममा ब्वाईज युनियनका एससले दोश्रो हाफको १२औं मिनटमा गौतम श्रेष्ठले माईनस गरेको बलमा हेड गर्दै खेललाई पुन बराबरीमा पु¥याए । यस्तै भरतपुरका लावलले दोश्रो हाफको १८ औं मिनटमा आफ्नो ब्यक्तिगत दोश्रो गोल गर्दै पुन टिमलाई ३–२ को अग्रताका साथ जित नजिक पु¥याएका थिए । एक गोलले पछि परेको अवस्थामा संयमित खेल खेल्दै ब्वाईज युनियका विजेश थापाले डि बक्स नजिकबाट पाएको बललाई सिधै गोलमा परिणत गर्दै खेललाई बराबरीमा पु¥याएका थिए ।

भोलीको खेल सेनाको त्रिभुवन आर्मी क्लब र विरगंज युथ एकेडेमी तथा नेपाल पुलिस क्लब र एभरेष्ट क्लब चितवनका विच प्रतिस्पर्धा हुनेछ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.