default_image

9 years ago

August 11, 2016

पुलिस र आर्मी क्लब सेमिफाइनलमा

156 views

0 Bookmark

नेपाल प्रहरीको महेन्द्र पुलिस क्लब र सेनाको त्रिभुवन आर्मी क्लब चितवनमा जारी चौथो नेपाल कप फुटबल प्रतियोगिताको बिहिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

Army Blue and Birgunj Red

क्याम्पाचौरमा भएको प्रतियोगिताको पहिलो खेलमा पुलिस क्लबले एभरेष्ट क्लब चितवनलाई ३ – ० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का ग¥यो । सेमिममा उसको भिडन्त शुक्रबार हुने ब्वाईज युनियन र सशस्त्र प्रहरी बलको एपिएफ क्लबको विजेता संग हुनेछ ।

प्ररीका लागि सुमन लामाले पहिलो हाफको २८ औं मिनट गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले १० औं र १६ औं मिनटमा पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । उनले डि बक्स अगाडी पाएको बललाई गोलमा परिणत गर्न सकेनन् । यस्तै दोश्रो हाफको १९ औं मिनटमा पुलिसमा रवी पासवानले गोल गर्दै गोल संख्यालाई दोब्बर पारे । खेललाई आफ्नो पकडमा राखेको पुलिसको लागि तेश्रो गोल सुमन लामाले ३६ औं मिनटमा गर्दै जित निश्चित गरे । पुलिसको अगाडी निरिह देखिएको एभरेष्टका दिपेन्द्र ठकुरीले २३ औं मिनटमा पाएको डाईरेक्ट किकलाई पुलिसका गोल रक्षक सजित गुरुङ्गले नाकाम बनाई दिए । २४ औं मिनटमा डि बस्क भित्र पाएको बललाई मिलन गुरुङ्गले सदुपयोग गर्न सकेनन् ।

दुई गोल गरेका सुमन लामा म्यान अफ द म्याच घोषित भए ।

स्पोर्टस् फर अल, नेपालको आयोजनामा भएको प्रतियोगिताको दोश्रो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले विरगंज युथ एकेडेमीलाई ३–० गोल अन्तरलेनै पराजित गर्दै सेमिफाइन प्रवेश ग¥यो । अव सेनाको भिडन्त एनआरटी क्लबसंग हुनेछ । पुरा खेललाई आफ्नो नियन्त्रणमा राखेको सेनाले पहिलो हाफमा कुनै गोल गर्न सकेन । पहिलो हाफमा दक्षिण एशियाली फुटबलमा नायक नवयुग श्रेष्ठले १२ र्औ मिनटमा पाएको बललाई पोलमाथी बाट प्रहार गर्न पुगे । त्यस्तै उनले १४ र्औ मिनटमा डिबक्स नजिकबाट हानेको बललाई गोल रक्षक जयराम चौधरीले बचाए ।

खेलको दोश्रो हाफको दोश्रो मिनटमा राजु तामाङ्गले गोल रक्षक चौधरीबाट डिफ्लेक्ट भएर आएको बललाई गोल पोस माथी हाने । पाँचौं मिनटमा डि बस्क भित्र पाएको बललाई भरत खवासले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए । यस्तै १० औं मिनटमा दिपक गुरुङ्गले कर्नरबाट पाएको बललाई हेड मार्फत गोल गर्दै गोल संख्यामा बृद्धि गरे ।  यस्तै १४ र्औ मिनटमा नवयुगले हानेको बल बारमा लागेर फर्कियो । यस्तै ३२ औं मिनटमा दीप लामाले गोल गर्दै आर्मीको जित निश्चित गरे ।

सेनाका क्याप्टेन भरत खवास म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगितको अन्तिम क्वाटरफाइनल खेल काठमाण्डौको ब्वाईज युनियन क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबविच हुने कार्यक्रम रहेको छ ।

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

Success

Thank you for your time.