default_image

4 years ago

June 18, 2020

वेर्नर चेल्सीमा अनुबन्धित

49 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीले जर्मनी तथा जर्मन क्लब आरबी लाइप्जिगका फरवार्ड टिमो वेर्नरलाई क्लबमा अनुबन्ध गरेको छ । चेल्सीले २४ वर्षीय फरवार्ड वेर्नरलाई पाँच वर्षको लागि सम्झौता गरेको र जुलाईबाट टोलीमा सामेल हुने स्काई स्पोर्ट्सले जनाएको छ ।

जुलाईमा चेल्सी आउने भएसँगै वेर्नरले लाइप्जिगबाट च्याम्पियन्स लिगका खेल गुमाउने देखिन्छ । लाइप्जिग च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल देखिका खेलहरु पोर्चुगलको लिस्वनका १२ अगस्टदेखि २३ अगस्टसम्म हुदैछ ।  वेर्नर सम्झौताका लागि राजी भएको र मेडिकल बाँकी रहेको चेल्सीले जनाएको छ ।

वेर्नरले लाइप्जिगबाट यो सिजन ४३ खेलमा ३२ गोल र १३ गोलको लागि सहायता दिएका छन् । वेर्नरले जर्मन क्लबका लागि २०१६ देखि हालसम्म १५७ खेलमा ९३ गोल र ४० गोलका लागि पास उपलब्ध गराएका छन् । उनी यो सिजनको जर्मन बुन्डेस लिगाको सर्वाधिक गोलकर्ताको सुचीमा दोस्रो स्थानमा छन् । वेर्नरले २६ गोल गरेका छन् । उनीभन्दा अघि बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की (३१) छन् ।

यस्तै वेर्नरले जर्मनीका लागि २९ खेलमा ११ गोल गरेका छन् । उनी २०१७ देखि जर्मनीको राष्ट्रिय टोलीमा नियमित रहँदै आएका छन् ।

‘चेल्सीसँग सम्झौता गर्न पाउँदा खुसी छु । ठूलो क्लबको एक भाग हुन पाउँदा अत्यन्तै गर्वको महशुस गरेको छु,।’ ’चार वर्षे शानदार बसाईका लागि लाइप्जिग र समर्थकहरुलाई धन्यवाद दिन चाहन्छु । लाइप्जिग सधै मेरो मुटुमा हुनेछ,’ वेर्नरले भने ।

‘मैले अब अगाडि हेर्नुपर्नेछ । नयाँ सिजन नया टिम सहयात्री र नयाँ व्यवस्थापकका साथै अघि बढ्दैछु । चेल्सी समर्थकसँगै रहेर बाकी समयलाई सफलतापुर्वक बिताउनुपर्नेछ ।’

September 20, 2024

आयोजक चितवन गोल्डकपको क्वाटरफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार भुमहीलाई पराजित गर्दै आयोजक हानामी भरतपुर फुटबल क्लब (बिएफसी) गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बिएफसीले राइजिङलाई ३-२ ले हरायो । बिएफसीको जितमा राज भुसालले २ तथा सन्जीब बिष्टले १ गोल गरे । राङजिङ स्टारका फागुराम थारु […]

September 20, 2024

लिस्नु झरना रनिङशिल्डको अन्तिम आठमा

सुमन अधिकारी, बुटवललिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली‌ बनेको छ । लिस्नुलाई जित […]

September 20, 2024

आर्मीको जितमा अमिशा र चन्द्राको ह्याट्रिक

काठमाडौं(हाम्रो खेलकुद) – अमिशा कार्की र चन्द्रा भन्डारीले ह्याट्रिक गरेको एन्फा महिला लिगको खेलमा त्रिभुवन आर्मी क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित हात पारेको छ । सातौं खेलमा पाँचौ जित निकाल्ने क्रममा शुक्रवार आर्मीले चन्द्रपुरलाई १०-० ले पराजित गर्यो ।एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीकस अमिशा र चन्द्रासँगै हिमा चौधरी, दिपा शाही, शर्मिला मगर र अन्जना […]

Success

Thank you for your time.