default_image

4 years ago

June 19, 2020

एसेन्सियोको सानदार पुनरागमन

एजेन्सी – रियल म्याड्रिडका युवा फरवार्ड मार्को एसेन्सियोले बिहीबार ला लिगा अन्तर्गत भ्यालेन्सियाविरुद्ध खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै चोटबाट पुनरागमन गरे । सिजनको सुरुवातमा अमेरिकाको वासिङ्गटनमा भएको मैत्रीपूर्ण खेलमा एसेन्सियोले गम्भीर चोट बोकेका थिए । चोटपछि पहिलो परिक्षणले नै उनी अब बाँकी सिजन खेल्न नसक्ने पक्का भएको थियो । तर उनको अथक मिहिनेत […]

55 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका युवा फरवार्ड मार्को एसेन्सियोले बिहीबार ला लिगा अन्तर्गत भ्यालेन्सियाविरुद्ध खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै चोटबाट पुनरागमन गरे ।

सिजनको सुरुवातमा अमेरिकाको वासिङ्गटनमा भएको मैत्रीपूर्ण खेलमा एसेन्सियोले गम्भीर चोट बोकेका थिए । चोटपछि पहिलो परिक्षणले नै उनी अब बाँकी सिजन खेल्न नसक्ने पक्का भएको थियो । तर उनको अथक मिहिनेत र कोरोनाका कारण सिजन केहि पछि सर्दा उनले पुनरागमन गर्न सफल भए ।

एसेन्सियोको पुनरागमन भने सामान्य थिएन । मैदान प्रवेश गरेको ३० सेकेन्ड पनि नबित्दै उनले गोल गरे । फर्लान्ड मेन्डीको क्रसलाई भलीमार्फत गोल गर्दै एसेन्सियोले रियलको जित पक्का गरे । उनले मैदानमा छोटो समय बिताएपनि रियलको जितमा गहिरो प्रभाव छाडे ।

गत सिजन फिटनेसमा समस्या भएपछि एसेन्सियोले युरोपेली अन्डर-२१ च्याम्पियनसिपबाट नाम फिर्ता लिएका थिए । उनले आफू रियालमा उत्कृष्ट लयमा रहनकै लागि यो निर्णय गरेका थिए । रियलमा उनले प्रि सिजनको खेलमा प्रभाव पनि जमाए । तर आर्सनलविरुद्ध खेलमा पिएर एमेरिक औबामेयाङसँग जुध्दा उनले गम्भीर चोट बोक्नुपर्यो ।

एसेन्सियोको घुंडाको क्रुसिएट लिगामेन्ट च्यातिएको थियो भने मेनिस्कसमा पनि असर परेको थियो । त्यसैले पनि उनले शल्यक्रियाको विकल्प देखेनन् । शल्यक्रियापछि उनले परिवारको निरन्तर साथ र रियलको मेडिकल टोलीको अथक प्रयासपछि पुनरागमनको बाटो बुने ।

एसेन्सियो शल्यक्रिया गरेको ३ सय ३० दिनपछि मैदान फर्केका छन् । उनले यसबीचमा घरमा, स्विमिङ पुल र जिममा निकै समय बिताए । जति मिहिनेत उनले आफ्नो पुनरागमनमा बिताए, त्यसको नतिजास्वरूप उनले पहिलो खेलमा नै गोल गर्न सफल रहे ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.